शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

काठमाण्डौमा आजदेखि इन्द्रजात्रा सुरु : बेलुका उपाकु यात्रा हुँदै


आजदेखि विधिवत् रुपमा इन्द्रजात्रा सुरु भएको छ । काठमाण्डौमा मनाइने ठूलो पर्व आज बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो ।

आज बेलुका काठमाण्डौमा उपाकु यात्रा हुँदैछ । ईन्द्रजात्राको पहिलो दिन भाद्रशुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ । आज दिउँसो लाखे, सवःभक्कु, पुलुकिसिलगायत विभिन्न मुखौटा लगाइएका नाचहरु पनि सार्वजनिक रुपमा प्रदर्शन गरिन्छ । यसै क्रममा बेलुका काठमाण्डौका भित्री बस्तीमा यसवर्ष दिवंगत भएकाहरुका परिवारजनले दीपयात्रा निकालेर उपाकु यात्रा जाने चलन छ । त्यसका लागि काठमाण्डौ महानगरपालिकाले आवश्यक मार्गको व्यवस्थापन गरेको छ ।

उपाकु दीपयात्राका कारण काठमाण्डौ महानगरको भित्री शहरी क्षेत्र ठमेलदेखि टेकुसम्म र भोटाहिटीदेखि परोपकारसम्म बेलुका गाडी चलाउन रोक लगाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top