शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सांसद पदबाट राजीनामा दिने राप्रपा अध्यक्ष लिङ्देन


राप्रपा अध्यक्ष लिङ्देनले सांसद पदबाट राजीनामा दिने
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन्।

आइतबार काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकमा बोल्दै लिङ्देनले सो कुरा बताएका हुन।

उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलेको संसदको आयु बढाउन खोजिएको भन्दै अब संसदबाट तलबभत्ता नलिने गरी सांसद पद छाड्ने घोषणा गरेका हु्न्।

संसदको चुनाव घोषणा भइसकेपछि संसद भंग हुनुपर्ने र सरकार काम चलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसदको आयु लम्बाउने काममा राप्रपाको समर्थन नहुने उनले बताए।

त्यस्तै लिङ्देनले लामो समय ठूला भनिएका राजनीतिक दलले मुलुकलाई बन्धक बनाएकाले अबको निर्वाचनमा जनताले नयाँ विकल्पका लागि राप्रपालाई रोज्ने दावी गरे।

उनले नेपालको राजनीतिक भविष्यका लागि समेत अबको निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा राखेका छन्।

आगामी निर्वाचनमा समानुपातिकतर्फ राप्रपाले अधिक मत ल्याउने भन्दै प्रत्यक्षमा धेरैभन्दा धेरै सिट जित्ने गरी तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

उनले कागजमा मात्रै पार्टीलाई ठूलो बनाउने काम नगर्न आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top