प्यूठान,
आउँदो मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनभित्रको दलको उमेदवार ब्यवस्थापनबारे देखिएको अन्यौलतालाई चिर्दे संघीय तर्फ लिलामणि पोखरेल उठ्ने चर्चाले अहिले प्यूठानको राजनीतिक बजारमा बिशेष महत्व पाएको छ ।
प्यूठानमा कांग्रेस र राजमोले आ–आफ्नै दावी गरिरहेको साथै बामदेव गौतमले समेत हसिया हतौडा चिन्ह लिएर चासो बढाइरहेको बेला लिलामणि पोखरेलको नाम चर्चामा आएपछि जिल्लामा चुनावी बहस पोखरेलतिर सोझिएको हो । पोखरेलको राजनीतिक भूमिका र योगदानका बारेमा अहिले जिल्लाका चोक चोक र चिया पसलमा समिक्षा भइरहेको छ । गफले महत्व पोखरेलतिर पाइरहेको छ । माओबादी केन्द्रले प्यूठानमा टिकट पाएमा पोखरेल नै उठ्ने शिर्ष नेतृत्व तहमा सहमति भइसकेको स्रोतले पुष्टि गरेको छ । यसबारे बास्तबिकता के हो भन्ने बिषयमा आज मंगलवार अपरान्ह पोखरेलसंग गरिएको टेलिफोन संबादमा प्यूठानमा माओबादीकेन्द्रले टिकट पाएमा आफू नै लड्ने निश्चित भएको उनले बताएका छन् प्यूठानबाट लड्न चासो बढाइरहँदा प्यूठानको भूमिकामा खासै नजोडिएको भन्ने चर्चा पनि छ नी ? भन्ने प्रश्नमा उनले भनेका छन हो म प्यूठानलाई लोकलाइज गरेर काम गर्न पाइन , सांगठनिक क्षेत्र पनि हुन पाएन मेरो कार्यक्षेत्र र सांगठनिक जिम्मेवारी देशभर रह्यो । म प्रवासमा समेत पुगेर काम गर्नु पर्यो, परिरहेको छ । यो मेरो बाध्यता हो तर मेरो जन्मभूमि प्यूठान नै हो । प्यूठानको सन्दर्भमा अहिले सम्म जिल्लालाई प्रभाव पार्नेगरी यो संसदिय राजनीतिमा केन्द्रसम्म पहँुच पुरयाउने काम हुन सकेन यसका लागि म मेरो जन्मभूमिबाटै अव निर्वाचित भई जिल्लाको लागि भूमिका बढाउनु पर्छ भन्ने धेरै साथीहरुको आग्रह अनुसार यो निर्णयमा पुगेको हुँ । यस्तै हाम्रो एकतासंगको अर्को जिज्ञासामा उनले भनेका छन् मलाई प्यूठानमा केही गरेन, प्यूठान आउदैन भन्ने कुरा गलत हो । आबश्यकता अनुसार जोडिएको छुँ । मलाई पार्टीको कामले देशभर पुग्नु परेको बाध्यता जिल्लाबासीले बुझ्नु हुन्छ । फेरी मैले केही पनि गरेको नै छैन भन्ने कुरा पनि गलत हो कतिपय जिल्लाको सन्दर्भमा राष्टिय योजना आयोगमा निती निर्माणका सवालमा मेरो आफ्नो भूमिका रहेको छ । अन्य साथीहरुले भनेको बेला, खोजेको बेला मैले आफ्नो जिम्मेवारी पुरा गरेको छुँ । जिल्लामा कतिपय बेला पुग्ने गरेको छुँ नै तर हुनुपर्ने अनुसार भएको छैन । त्यो मेरो सिंगो देशको राष्टिय भूमिकाले हो यस कारणले अपुग भएको छ म स्वीकार्छु ।
यता कांग्रेसले भन्दा राजमोले दावी नछोडिरहेको अवस्था अहिले प्यूठानमा देखिएको छ । राजमोको खस्कँदो सागठनिक अवस्थाले राजमोलाई दिंदा ३ नै सिट नै हारिने निष्कर्षसहित राजमोलाई बैकल्पिक ब्यवस्थापन गर्ने मानसिकतामा शिर्ष नेताहरु रहेको बुझिन्छ यस्तै कांग्रेसका प्रभावशाली ब्यक्तित्व गोबिन्द पोखरेलको ब्यवस्थापनको बिषयमा पनि कुरो चलिरहेको छ । कुनै कारणबश माओबादीकेन्द्रले संघीय उमेदवार पाउन नसकेमा प्यूठानको १ नं प्रदेशमा माओबादी केन्द्रका लुम्विनी प्रदेश सचिव कृष्ण अधिकारी प्रकाशलाई उठाउनुु पर्ने जिल्लाका नेता तथा कार्यकर्ताहरुले आवाज उठाएका छन्् । माओबादी हेडक्वाटर पनि प्रकाश प्रति पोजिटिभ रहेको बुझिएको छ । यसैमा मुख्य प्रतिष्पर्र्धी एमालेले भने स्ांघीय तर्फ राजमोको उमेदवारी भएमा नै सजिलै हराउन सकिने दाउमा रहेको छ ।
कमेन्ट गर्नुहोस !