भनिन्छ युवा बर्ग भनेका पाखुराभरी बल र मष्तिष्कभरी बुद्धिले भरीपूर्ण शक्ति हो । यदि यो बर्गले आफ्नो त्यो तागतलाई साँच्चिकै उत्पादनमा जोड्न सक्ने हो भने कुनैपनि समुदायको रुपान्तरण गर्न लामो समय कुर्नु पर्दैन । यसै मध्येका प्यूठानको स्थानीय तह नेतृत्वमा आएका केही युवा मध्येका एक आशाका केन्द हुन् माण्डवी गाँउपालिका अध्यक्ष नवराज अधिकारी रोशन । खासमा यो उनको राजनीतिक नाम हो । माओबादीले ०५२ सालदेखि थालेको सशस्त्र आन्दोलनताका राज्यपक्षले झयाट्ट नचिनोस् भन्ने समेत उद्धेश्यले प्रायः राजनीतिक नेता कार्यकर्ताहरुले पुरक नाम जोड्ने गरेको पाइन्छ । यसैमा रोशनका नामले बिशेष पहिचान दिन सफल भएका ब्यक्तित्व जसको बास्तबिक नाम हो नवराज अधिकारी ।
सदैव फूर्तिलो अनुहार अनि मिठो बोली, उनको संगतमा आउने ब्यक्ति अनुसार तुरुन्तै सामिप्यता अनि मिठो संबन्ध जोड्न सक्ने खुवी र बिशेषता भएका नवराज अधिकारी संघर्षपूर्ण राजनीतिक जीवनबाट उठेका माओबादी केन्द्र प्यूठानका भरोसायोग्य दरिला युवा नेता हुन । २०३२ साल पौष १७ गतेका दिन माण्डवी गापा –१ राइपालमा बावु हुतराज अधिकारी र आमा केशरादेवी अधिकारीको कोखबाट जन्मेका नवराज अधिकारी २ भाई र ४ दिदी बहिनी मध्येका कान्छो सुपुत्र हुन । २०४२ सालमा चलेको पंचायत बिरुद्ध बिद्यार्थी संगठनले थालेका आन्दोलनको शिलशिलामा उनी पनि राजनीतिक क्षेत्रमा प्रवेश गरेको पाइन्छ ।
राजनीतिक भूमिकाका दृष्टिले प्यूठान कम्यूनिष्टहरुको आधार क्षेत्र भएको र नवराज अधिकारी रोशनको वुवा अनि दाईको संबन्ध कम्यूनिष्ट नेता मोहन बैद्यसंग भएका कारण बैद्य बेला बेला रोशनको घरमा आउने गर्नुृ हुन्थ्यो । त्यो बेला कैयन माक्र्सबादी पुस्तकहरु राख्ने गर्नु हुन्थ्यो । ती पुस्तकहरु लुकीलुकी अध्ययन गर्ने शिलशिलाले आफूलाई कम्यूनिष्ट राजनीतिमा तान्दै लगेको अधिकारी बताउछन् ।
अधिकारीको राजनीतिक पृष्ठभूमि हेर्दा हाल उनी माओबादीकेन्द्र लुम्विनी प्रदेश कमिटीका सदस्य हुन । २०४८ सालतिर माण्डवी माबि नयाँ गाउँमा सम्पन्न भएको अखिल छैठौको दशौं जिल्ला सम्मेलनबाट कोषध्यक्षमा निर्बिरोध निर्वाचित भई राजनीतिक भूमिकामा अगाडि बढ्ने क्रममा उनले जनयुद्धकालमा साहसिक भूमिका प्रदर्शन गरेका छन् । जनयुद्धकालमा राजनीतिक उद्धेश्यले छिेमेकी मुलुक चीनको गोन्जाओ शहरमा भ्रमण गरेर केही राजनीतिक ज्ञान तथा अनुभव संगालेका उनले रोल्पा, प्यूठान र सल्यानको जनमिलिसिया प्रमुख, स्क्याट, कमाण्डरको जिम्मेवारीबाट उठ्दै समग्र राप्ती पश्चिमको इन्टेलेन्सीप र सप्लाई बिभागको प्रमुखको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेको पाइन्छ । त्यस पछाडि २०५७ यता प्यूठान जिल्लाको पार्टी कमिटीको सचिवालय सदस्य, तत्कालीन समयमा माओबादीले प्यूठानको जनसरकार सदस्य, बिशेष ब्यूरो क्षेत्रीय ब्यूरो जनयुद्धताका उनी संलग्न भएको कतिपय ठाँउमा नेतृृत्व गरेको फौजी घटना धेरै छ । जनयुद्ध प्रभावबाट आतंकित भएको तत्कालीन सरकारले बार्ताको आवहान गरिरहेको बेला २०५८ को पहिलो चरणको बार्तामा नोकर संग होइन मालिकसंग गर्नुपर्छ भनेर आवाज उठाउनेमा नवराज अधिकारी रोशन अगुवाको रुपमा चिनिन्छन् ।
शान्ति प्रक्रिया सामाजिक क्षेत्रमा गर्नुपर्ने भूमिकालाई पनि उचो राख्दै देश र जनताको मुक्ति आन्दोलनमा निष्ठापूर्वक उभिएका अधिकारीले ०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट माण्डवी गाँउपालिकाको अध्यक्षमा बिजयी भई स्थानीय जनताको सपना साकार पार्न, राजनीतिक परिबर्तनको अनुभूति हुनेगरी आधारभूत तहमा बिकासको पहँुच पुरयाउन इमान्दारितापूर्वक लाग्ने प्रण गरेका छन् । उनी भन्छन् अव म यहाँका जनताको अभिभावक बनेको छुँ , सत्तापक्ष÷प्रतिपक्ष केही नभनी समान ब्यवहार गरी सवैलाई मिलाएर अगाडि बढ्ने अठोट गरेको छुँ । ५ बर्षीय कार्यकालमा अबश्य नै माण्डवीबासीले केही अनुभूति गर्नेगरी लाग्ने छुँ ।
हो अहिले उनी माण्डवीबासीको तत्कालीन आबश्यकता स्वास्थ्य बीमा, सफा शुद्ध खानेपानीको सहज पहँुच देखि शिक्षा क्षेत्रमा आमुल परिबर्तन गर्नेगरी खटेका छन् । शिक्षामा निशुल्क भनिएको छ तर अनेक बहानामा पैसा असुल्ने परिपाटीलाई रोक्नेमा उनको पहिलो ध्यान छ । त्यतिमात्रै होइन कृषि क्षेत्रमा बिचौलियाबाट भएको लुटपाटलाई अन्त्य गर्नेमा उनले दृढ प्रतिबद्धता देखाएका छन् । स्थानीय स्रोत साधनको समुचित परिचालन गर्ने, उद्योग ब्यवसायको संभावनाको खोजी गर्ने सीपमूलक शिक्षाका अवसर खोजी गर्नेदेखि बैदेशिक रोजगारीलाई कम गर्नेमा उनले नयाँ भिजन र मिशन सहित उपायको खोजी गरिरहेका छन् ।
एउटा जिम्मेवार राजनीतिकर्मी र हिजो परिबर्तनको आन्दोलनबाट उठेका कारण अहिले उनी यतिबेला आधारभूत बर्गको बारेमा चिन्तित छन् । उनी भन्छन् देशमा राजनीतिक परिबर्तन त भयो तर सहिदका सपना कति पूरा भए ? जनताले सोंचेको यो परिपाटीको ब्यबस्था होइन आमुल परिबर्तन हो । जव सम्म देशमा सुशासन कायम हुन सक्दैन तव सम्म जनताको जीवनस्तरमा परिबर्तन आउने वाला पनि छैन र समृद्धिको कल्पना गर्नु पनि बेकार छ ।
समकालीन परिबेशमा उनले सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान पुरयाएको देखिन्छ । खेलकुद समिति प्यूठानको अध्यक्ष भई खेलकुद क्षेत्रको ब्यबस्थापनमा ध्यान दिन जिल्लामा खेलमैदान, कभर्डहल निर्माण लगायतका कार्य मुख्यतः उनकै देन हो । यी मात्र होइन अन्य गाउँ समाजका लागि गर्नुपर्ने आइपरेका काममा सहयोगी भावना देखाउनु उनको बिशेष गुण हो ।
राजनीतिक रुपमा, सामजिक भूमिकामा उनी जति परिपक्व छन् तर उनी आफूलाई शिक्षामा सामान्य लेखपढ मात्र रहेको बताउछन् । आफूलाई राजनीतिक रुपमा उठाउन मोहन बैद्य, कृष्ण बहादुर महरा, बर्षमान पुन, जनार्दन शर्मा, नेत्र बिक्रम चन्द बिप्लव, बिष्णु पोखरेल, पोष्ट बहादुर बोगटी मुख्य राजनीतिक गुरु रहेको उनको भनाई छ । जनताले आफुप्रति गरेको आशा भरोसालाई कत्ति पनि टुट्न नदिने उनको धोको छ ।
श्रीमती मिना पुन छोरा १ र २ छोरीका धनी अधिकारी बाताबरणमैत्री स्वभावका छन् । उनी हरियो बाताबरणमा शान्त रुपमा बस्न रुचाउछन् । अबश्य नै उनको घरको हरियाली परिबेशले पनि उनको रुचिको प्रतिबिम्ब गर्दछ ।
मुलुकमा चलेका सशस्त्र देखि सवै खाले निशस्त्र आन्दोलनबाट उठ्दै एउटा ओजिलो राजनीतिक छवी बनाएका नवराज अधिकारी रोशन गत ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा माण्डवी गापाबाट अध्यक्षमा भिडेका थिए । राजनीतिक रुपमा आधार क्षेत्र भएपनि अत्यन्तै झिनो मतले पराजय बेहोर्नु परयो । अघिल्लो र पछिल्लो निर्वाचन अनुभूतिका बारेमा जाँदाजाँदै उनी भन्छनर्, ०७४ मा बढी आश्वस्त भएँ प्राबिधिक कुरामा ध्यान दिन सकिन सांगठनिक रुपले अनुभव प्राप्त गरेर आएको म संग राजनीतिक चेतना नै नभएको मान्छेले जित्दा इगोको रुपमा लिएको र्छुँ ।अबश्य नै समय र परिबेशले नयाँ पाठ सिकिंदो रहेछ माण्डवी गाउँपालिकाबासीले परिबर्तनको लागि गरेको संघर्ष त्याग र बलिदानलाई उच्च रुपमा हेरेको छू । यहाँका जनताको समृद्धिको पक्षमा सतीसाल झै खडा हुनेछु । जनताको चाहना र भावनालाई कदापी टुट्न दिने छैर्न ।
कमेन्ट गर्नुहोस !