शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

उपेन्द्र यादव बारा-२ बाट उम्मेदवार सिफारिस


जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्‍मेदवारमा सिफारिस भएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले नाम सिफारिस गरेको हो । यसअघि २०७४को चुनावमा उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

क्षेत्रीय समितिले प्रतिनिधि सभा सदस्यमा यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग राय वदको नाम पनि सिफारिस गरेको छ । त्यस्तै प्रदेश सभा क्षेत्र नं २ ‘क’ मा १० जना र प्रदेश सभा क्षेत्र नं २ ‘ख’ १२ जनाको नाम जिल्ला कार्य समिति बारामा सिफारिस गरेको छ ।

यादवले बारा–२ बाट इच्छा गरे उम्मेदवार हुन सक्ने क्षेत्रीय सभापति लालबाबु सिंहले जानकारी दिए ।

प्रदेश सभा क्षेत्र नं २ ‘क’ का लागि उषाकुमारी यादव, कामेश्वरप्रसाद यादव, रामबाबु प्रसाद यादव, शारदा शंकर प्रसाद साह, मुकेश कुशवाहा, आत्मराम प्रसाद साह, विनोद प्रसाद यादव, शंकर प्रसाद यादव, नागेन्द्र प्रसाद यादव र शिव शंकर प्रसाद यादवको नाम सिफारिस भएको छ ।

प्रदेश सभा क्षेत्र नं २ ‘ख’ बच्चा राउत अहिर, अवध भुषण प्रसाद यादव, राम किशोर प्रसाद यादव, प्रमोद प्रसाद यादव, लालबाबु सिंह, अमरदेप प्रसाद यादव, धुपलाल सहनी, ऋषिकेश यादव, ब्रम्हदेव पासवान, शम्भु प्रसाद सिंह, राम सागर प्रसाद यादवको नाम सिफारिस गरिएको अध्यक्ष सिंहले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top