शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

अल्फा बिटामा पनि चल्यो डोजर



 नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरुपमा बनाएको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ। नक्साविपरित संरचना बनाएको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वको संरचना भत्काएको हो।

अल्फाबिटाले अनधिकृतरुपमा फार्मेसी सञ्चलान गर्दै आएको थियो। ३५ दिने सूचना टाँस गर्दा पनि संरचना हटाउन नमानेपछि बालेन्द्र दलबलसहित बिहीबार अल्फाबिटा पुगेका थिए। त्यहाँ पुग्दा सञ्चालकले नक्सा देखाउन आग्रह गरेका थिए।

मेयर बालेन्द्रले नक्सा मसँग हुन्छ कि तपाइँसँग हुन्छ भन्दै सञ्चालकलाई प्रतिप्रश्न गरेका थिए। त्यसको केहीबेरमै नक्सा र डोजरसहित बालेन्द्र अल्फाबिटा पुगेका थिए। महानगरको निर्देशनमा पार्किङको लागि बनाइएको भुइँतल्ला खालीसमेत गरिने भएको छ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top