शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

देशैभरिका मिटरब्याजी पीडित न्याय माग्न काठमाण्डौ आउने तयारीमा


unn.prixa.net
 सरकारलाई दबाब दिन दैशैभरिका मिटरब्याजी पीडितले काठमाण्डौ आउने तयारी गरेका छन् । काठमाण्डौ आएर धर्नामा बसेका केही मिटरब्याजीको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरे पनि न्याय पाउने सम्भावना कम रहेको भन्दै देशैभरका पीडित काठमाण्डौ आउने तयारी गरेका हुन् ।

पीडितले मिटरब्याज असुलीमा संलग्नलाई कारबाही गर्ने कुरा लिखितमा नभइ मौखिकमा मात्र आएकाले विश्वास गर्ने कुनै आधार नभएको बताएका छन् । सरकारको निर्णयपछि दबाब दिन देशैभरिका पीडितलाई माइतीघर बोलाएको नवलपरासीका मिटरब्याजी पीडित जितबहादुर थापा मगरले बताउनुभयो । थापाका अनुसार कैलाली र दाङबाट आज बिहीवार राति मिटरब्याजी पीडित काठमाण्डौ आउँदैछन् । भोलि शुक्रवार कपिलवस्तु र त्यसैगरी पूर्वी जिल्लाबाट पनि पीडित काठमाण्डौ आउन लागेको उहाँले बताउनुभयो ।



गएको शुक्रवार नवलपरासीका मिटरब्याजी पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न गठन भएको ६ सदस्यीय कार्यदलले मिटरब्याजको अनुसन्धान गरी प्रतिवेदन बुझाउन कम्तीमा एक महिना लाग्ने भनेपछि मिटरब्याजी पीडित सरकारसँग असन्तुष्ट भएका छन् । पीडितले तत्काल न्याय पाउनुपर्ने माग गरेका छन् । तर कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्मकुमार भुसासले यो समस्याको देशव्यापी रूपमै अन्त्य गर्न अझ बढी समय लाग्न सक्ने बताउनुभएको छ । यो देशैभरिको समस्या भएको र सबैको समस्याको समाधान एकैचोटि गर्नुपर्ने उहाँले बताउनुभयाे ।

यसअघि गएको जेठ २९ गते धर्ना दिन आएका पीडितलाई न्याय दिलाउने र दोषीलाई कारबाही गर्ने सम्झौता भएपछि उनीहरू घर फर्किएका थिए । तर समस्या समाधान भएन । काठमाण्डौको माइतीघरमा न्याय माग्दै धर्ना दिएका नवलपरासीका मिटरब्याजी पीडितले न्याय नपाइ गाउँ नफर्किने निधो गरेका छन् । उनीहरू धर्नामा बसेको आज १८ दिन भइसकेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top