
जिल्लाको नौबहिनी गाउपालिका बहानेमा सञ्चालन भएको निःशुल्क बृहत स्वास्थ्य शिबिरबाट ३८० सेवागा्रहीले सेवा लिएका छन । सनिबार सञ्चालन भएको निःशुल्क सिबिरमा औषधि पनि वितरण गरिएको थियो ।
समृद्ध सेवा समाज लमजुङ गोर्खा तनहु सेवा समाज नेपाल को आयोजना तथा नौबहीनी गाउपालिका प्यूठान र इलाका प्रहरी कार्यालय नौबहिनी गाउपालिका बहाने प्यूठानको समन्वयनमा निःशुल्क शिविर तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
शिविरमा १५० जनाको दन्त उपचार तथा ५० जनाको सुगर जाच र अन्यलाई स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।
कमेन्ट गर्नुहोस !