अघिल्लो आव ०७७÷७८ प्यूठानमा संघ तफको बजेटर्मा पुजिगत तर्फ ३०.५० र चालु तर्फ ४.५ प्रतिशत रकम फ्रिज भएको थियो । आव २०७८–७९ मा प्रतिशतमा हेर्दा चालु तर्फ ९ प्रतिशत र पुजिगत तर्फ ३७ प्रतिशत फ्रिज देखिएको छ ।
त्यस्तै आव २०७७–७८ मा प्रदेश तर्फको बजेटमा पुजिगत तर्फ २७.६० प्रतिशत र चालु तर्फ १०.६० प्रपतशत रकम फ्रिज भएकोमा गत आव मा २०७८–७९ मा पुजिगत तर्फ २८ प्रतिशत र चालु तर्फ २५ प्रतिशत रकम फ्रिज भएको छ ।
गत आर्थिक वर्षमा प्यूठानका लागि संघीय सरकारबाट ५ अर्ब ७९ करोड ५६ लाख ५४ हजार ७०५ र प्रदेशबाट २ अर्ब ४० करोड १४ लाख ९ हजार गरी कुल ८ अर्ब १९ करोड ७० लाख ६३ हजार ७०५ बजेट आएको थियो ।
संघीय बजेटअन्तर्गतको चालु खर्च तर्फ ४५ करोड,६८ लाख ६३ हजार ४६४ र पुजिगत तर्फ २१ करोड ४९ लाख १२ हजार ९३३ रुपैयाँ स्थानीय तहबाट फिर्ता भएको कार्यालयको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानको तथ्यांक छ । यसैगरी, प्रदेश सरकारले पठाएको चालुतर्फको २३ करोड २० लाख ,४७ हजार , २८ रुपैया र पुँजीगततर्फको ४१ करोड ७७ लाख, १३ हजार २९७ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानका कोष नियन्त्रक बिस्नु भक्त थापाले बताएका छन ।







कमेन्ट गर्नुहोस !