शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्यूठानमा कोरोना सङ्क्रमणको दर बढ्दै



। शुन्य भएको कोरोना सङ्क्रमण प्यूठानमा फेरी फैलिन थालेको छ । श्रवण महिना लागेयता जिल्लामा ७ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मदुसुदन खडकाले जानकारी दिए ।
जिल्ला अस्पताल प्यूठानमा आएका सङकासपद ब्यक्तिमा कोरोना जाच गर्दा दिनहु जसो कोरोना सङ्क्रमण पुष्टि भएको ब्यक्ति भेटिने गरेको जिल्ला अस्पताल प्यूठानका निमित्त मेसु खिम प्रसाद पार्धेले बताएका छन । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जिल्लामा सङ्क्रमणको दर बढ्दै गएपछि स्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा पालना गर्न स्वास्थ्य कार्यालय प्यूठानले अनुरोध गरेको छ ।

जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई ज्वरो र रुघाखोकी लागेका बिरामीहरुको एन्टिजेन परीक्षण गर्नका लागि निर्देशन दिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख खडकाले बताए । पालिकाहरुमा यथेष्ट मात्रामा एन्टिजनको व्यवस्था गरिको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणले ११६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानको तथ्याङ्कमा उल्लेख छ । सनिबार पनि प्यूठान अस्पतालमा प्यूठान नगरपालिकाका १ र मल्लरानी गाउपालिकाका १ जना गरि २ जनामा कोरोना पाजेजिट देखिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top