बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

जिसस प्यूठानको चौथोे जिल्ला सभा सम्पन्न



जिल्ला समन्वयन समिति प्यूठानको चौथो जिल्ला सभा शुक्रबार समापन भएको छ । जिल्ला समन्वयन समिति प्यूठानका प्रमुख धरम जिसीको अध्यक्षतसंैे सुरु भएको सभामा प्रदेश साम्सद तारा जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा समग्र जिल्लाको बिकासको लागी गर्न सकिने बृहत योजनाको बारेमा छलफल भएको थियो । कार्यक्रममा प्यूठान जिल्लाका नौ वटै स्थानिय तहका प्रमुख उपप्रमुख , प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल जिल्ला स्थित विषययगत कार्यालयका प्रतिनिहरुलगायथको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश साम्सद जिसीले समग्र जिल्लाको बिकासको लागी स्थानिय जनप्रतिनिधि,प्रदेश तथा केन्द्रिय साम्सद तथा कार्यालयका प्रतिनिधि एक भएर लाग्नुपर्ने कुरामा जोड दिएकी छन ।

सभामा समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि सी ले आ ब ०७९÷०८० को बार्शिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
कर्ययोजनामा केन्द्र, प्रदेश तथा स्थानीय तहहरुमा समन्वय सहकार्य गर्ने, जिल्ला समन्वय समिती संचालनको लागि आवस्यक कानुन निर्माणका लागि सरकार समक्ष समन्वय गर्ने, जिल्लामा सबै तह निकाय समक्ष समन्वय, सहाकार्य गर्ने, बिकास निर्माणका काममा अनुगमन तथा सहजीकरण गर्नेलगायतका कार्यक्रम समेटिएको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी नेपालले पहुचको आधारमा प्रदेश र केन्द्रबाट बजेट लिनुभन्दा जिल्लाको अबस्थाको राम्रो अध्ययन गरि बिकासको गति हेरेर बजेट गर्नु आवश्यक रहेको बताएकी छन ।
यसको साथै सभामा सम्बोधन गर्ने प्रतिनिधिहरुले दीर्घकालीन बिकासलाई ध्यान राखि बिकास निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top