सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

एकीकृत समाजवादीका विद्यार्थीले गरे त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

२७ असार, नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ ।

सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् ।

सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए । तर उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्वीकार गरे ।

‘हामी उपकुलपतिज्यूलाई शैक्षिक बेतिथी रोक्न ज्ञापन पत्र बुझाउन गएका थियौं । गेटबाटै हामीलाई प्रहरी परिचानल गरी पक्राउ गरेपछि सामान्य तोडफोड भएको हो’ उनले भने ।

अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सर शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पराजुलीले बताए ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले उक्त घटनाको विरोध गरेको छ । राज्यसत्ताको आडमा प्राज्ञिक क्षेत्रलाई रणभूमि बनाउन खोजेको भन्दै अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले विरोध जनाएको हो ।

इन्चार्ज मदन विष्ट र अध्यक्ष शम्भुप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रक्रियामा संलग्न दोषीमाथि तुरुन्त कडा कारबाहीको समेत माग गर्दछौं साथै सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने व्यक्तिहरुमाथि अविलम्ब कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं ।’

विश्वविद्यालयमा लगाएको तालालाई वार्ता र सहमतिका आधारमा तुरुन्तै खुलाएर नियमित काम कारबाही अगाडि बढाउन अनेरास्ववियुले त्रिवि प्रशासनसँग माग गरेको छ ।

कमेन्ट गर्नुहोस !

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top