
प्यूठान जिल्लामा पहिलोपटक सर्प दंसको उपचार को लागी भवन निर्माण गरिएको छ । जिल्लाको स्वर्गद्धरी नगरपालिकामा सर्प दंस उपचार केन्द्रको भवन सम्पन्न भएको छ । स्वर्गद्धारी नगरपालिका वडा न ९ लामाचौर आर्मी ब्यारेक नजिक सर्प दंस उपचार केन्द्र भवन निर्माण सम्पन्न भएको हो ।
प्यूठानकोे स्वर्गद्धारी नगरपालिकामा निर्माण सम्पन्न भएको सर्प दंस उपचार केन्द्र सञ्चालनमा आए पछि प्यूठान लगायत रोल्पाका सर्पदंसका बिरामीहरुले सहजै सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
स्वर्गद्धारी नगरपालिका तथा जनश्रमदानबाट भवन सम्पन्न भएको स्वगृद्धारी नगरपालिका वडा नं. ढ का वडा अध्यक्ष नर बहादुर बिएमले जानकारी दिएका छन । श्रमदानबाट ७ लाख ३४ हजार तथा नगरपालिकाबाट २१ लाख बढी गरि करिब २९ लाखमा भवन सम्पन्न भएको वडा अध्यक्ष बिएमले बताएका छन ।
आव २०७९÷८० को पहिलो महिनादेखि नै सेवा सञ्चालन गर्ने गरि कार्यक्रम अगाडी बढाइएको अध्यक्ष बिएमले बताए । “प्रमुख जिल्ला अधिकारीसंग सञ्चालनमा ल्याउने बारेमा छलफल गरेका छौ । अब छिट्टै आवस्यक जनशक्ति सहित व्यवस्थित रुपमा सेवा सञ्चालनमा आउने छ।” वडा अध्यक्ष बिएमको भनाई रहेको छ ।
अहिले प्यूठान जिल्ला लगायत लगाएतका आसपासका जिल्लामा सर्पले टोकेका बिरामिको उपचारका लागि गोरुसिंङ्गे, बुटवल, भैरहवा, नेपालगञ्ज लगाएतका ठाउँमा जाने गरेका छन ।
उक्त सर्प दंस उपचार केन्द्रको भवन निर्माण गर्नको लागी प्यूठान जिल्लाका अरु सबै पालिकाहरुले पनि समन्वयन गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष बिएमले बताएका छन ।
कमेन्ट गर्नुहोस !