सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026


 

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।कांग्रेस केन्द्रीय कार्यसमितिको असार २७ गते बस्ने बैठकको कार्यसूचीमाथि छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेकाे हाे।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने भए पनि अन्य समसामयिक एजेन्डाहरू पनि रहने बताइन् । उनले विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने बताइन्।

बैठकमा केन्द्रीय कार्यसमिति बैठकको कार्यसूचीका साथै पार्टीका विभाग गठन र भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको परिमार्जित विधानका सन्दर्भमा कुराकानी हुने बताइएकाे छ ।सहमहामन्त्री जीवन परियारले पार्टीभित्रका फरक मतलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने विषयमा कुरा उठाउने बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top