सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

रवि लामिछानेको स्वतन्त्र पार्टी आयोगमा दर्ता, चुनाव चिन्ह गाेलाकारभित्रकाे घण्ट



रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।निवेदन दिएको १० दिनमै निर्वाचन आयोगले दल दर्ता गरेको हाे।लामिछानेले असार ७ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दै त्यसै दिन आयोगमा औपचारिक रुपमा दर्ताका लागि निवेदन दिएका थिए।
सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका लामिछाने अध्यक्ष रहेको दललाई आवश्यक कागजात बुझेर दलको मान्यता दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।
उनका अनुसार दाबी गरे झैँ चुनाव चिन्ह गोलाकारभित्रको घण्ट दिइएको छ। ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।
स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो । स्वतन्त्र पार्टीले व्यक्तिगत रुपमा राजनीतिमा लाग्नेलाई असर गर्ने भन्दै त्यसलाई मान्यता नदिन आयोगलाई आग्रह गरिएको थियो।
तर आयोगले ४५ दिनको समय अवधिमा दल दर्ताको प्रमाणपत्र दिनुपर्ने भए पनि दश दिनमै सबै प्रक्रिया टुंग्याएर शुक्रबार मान्यता दिने निर्णय गरेको हो।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top