सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने




नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने भएकाे छन् ।
आज बिहीवार काठमाडौमा भएको कोइराला पक्षीय नेताहरूको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिनेबारेमा छलफल गरेकाे हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको बताउनुभयो । उहाँले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशको अहिलेको समसामयिक राजनीति, गठबन्धन, देशको आर्थिक अवस्था र आउँदै गरेको चुनावको बारेमा छलफल भएको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ । आजको बैठकमा कन्स्ट्रक्टिभ विद्रोहको पनि कुरा भएको छ ।’
नेता भण्डारीले छलफलमा राजनीतिक सोचाइमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्नेबारेमा पनि छलफल भएको बताउनुभयो । उहाँका अनुसार बैठक भोलि (शुक्रवार) २ बजेपछि फेरि बस्ने गरी स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top