सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

जसपाले प्रधानमन्त्रीलाई बुझायो तीन नयाँ मन्त्रीको नाम


 
 

जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएका छन् ।नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेको स्राेतले जनाएकाे छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा सिंह र वन मन्त्रालयमा यादव जाने बताइएको छ ।सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ भने यथावत् रहने बताइएको छ । पार्टीले प्रधानमन्त्री समक्ष नयाँ बन्ने मन्त्रीकाे नाम बुझाए पनि  शपथकाे बारेमा भने टुंगाे नभएकाे बताइएकाे छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top