शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

हैजा नियन्त्रणको प्रयास काठमाण्डौका सडकमा खानेकुरा बेच्न रोक, हटलाइन टेलिफोन सञ्चालनमा




काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले हैजा नियन्त्रणको प्रयासमा चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।

जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सजिलो होस् भनेर महानगरपालिकाले आजदेखि २४ घण्टा हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको जनाएको छ । नागरिकलाई समस्या परे ११८० नम्बरमा फोन गरेर जानकारी लिन आग्रह गरिएको छ ।

यस्तै, हैजा दूषित पानी र खानेकुराबाट लाग्ने भएकाले महानगरले सडकमा खानेकुरा बेच्न रोक लगाउने भएको छ । त्यसका लागि नेपाल प्रहरीसँग सहकार्य गर्ने मेयर बालेन्द्र शाहले बताउनुभयो । यस अघि लतिलपुर महानगरपालिकाले सडक छेउमा जथाभावी बेच्न राखिएका चट्पट्, पानीपुरी लगायतका खोनेकुरा हटाएको थियो । यस्तै, काठमाण्डौ महानगरले होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ ।

विद्यार्थीलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयमा जानकारीमूलक कार्यक्रम गर्ने महानगरको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताउनुभयो । यस्तै, बिरामीलाई अस्पताल लैजानु परे एम्बुलेन्स सेवाको सुविधा पनि दिइएको प्रमुख त्रिपाठीले बताउनुभयो । त्यस्तै महानगरपालिकाले पानीको पाइपलाइन तथा ढल फुटेर पानीमा मिसिएको नमिसिएको हेर्न र मर्मत गर्न काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top