सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आरोही शम्भु तामाङलाई भेटेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले उनको स्थास्थ्य स्थितिबारे जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्याएको योगदानको प्रशंसा गर्दै स्वास्थ्य उपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !