सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

स्थानीय चुनावमा ९ लाख मत प्राप्त गरेको एकीकृत समाजवादीको दावी,




नेकपा एकीकृत समाजवादीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ९ लाख भन्दाबढी मत प्राप्त गरेको दावी गरेको छ।
मंलवारदेखि सुरु भएको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको चुनावको समीक्षा प्रतिवेदनमा ९ लाख २३ हजार २१९ मत प्राप्त गरेको उल्लेख गरिएको छ।
‘निर्वाचनमा हाम्रो पार्टीबाट प्रमुखरअध्यक्षको उम्मेदवार भए निजले प्राप्त गरेको मत, प्रमखरअध्यक्ष नभई उपप्रमखरअपाध्यक्षको उम्मेदवार भए निजले प्राप्त गरेको मत, उपप्रमुखरअपाध्यक्षको उम्मेदवार पनि नभए वडाध्यक्षको उम्मेदवारले प्राप्त गरेको मत, वडाध्यक्षको उम्मेदवार पनि नभए वडा सदस्यले प्राप्त गरेको मत नदोहोरिने गरी जोड्दा हाम्रो पार्टीका उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ९ लाख २३ हजार २१९ छ।,’ प्रतिवेदनमा भनिएको छ।
प्राप्त मतमध्ये आधा गठबन्धनबाट प्राप्त भए पनि करिब पाँच लाख मत भने एकल रुपमा नै आफूहरुले पाएको उल्लेख गरिएको प्रतिवदेनमा सबै ठाउँमा उम्मेदवारी दिएको भए यसको दोब्बर मत प्राप्त हुने आँकलन गरिएको छ।
‘यो मतमध्ये आधा गठबन्धनका अन्य दलहरुको र आधा मात्रै हाम्रो मान्ने हो भने पनि करिब ५ लाख मत हामीले प्राप्त गरेका छौं,’ प्रतिवेदनमा भनिएको छ, ‘हामीले करिब २५ प्रतिशत स्थानमा मात्रै उम्मेदवारी दिदा यति मत प्राप्त भयो भने गठबन्धन नभएका सबै स्थानमा उम्मेदवारी दिएको भए शायद यसको दोब्बरभन्दा बढी मत प्राप्त हुने थियो।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top