
राज्य पूनसंरचनासंगै सिंहदरबारको अधिकार जनताको घरदैलोमा भन्ने उद्देश्यसाथ जनताको प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने स्थानीय सरकारमा नयाँ नेतृत्वले यतिवेला जिममेवारी बहन गर्न थालेको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन पछि सरकारमा नयाँ नेतृत्व पाएको प्यूठान नगरपालिकाले पदभारसंगै स्वास्थ्य सेवामा छुट संबन्धि नयाँ निर्णय लिएको छ भने योजना छनौटमा वडाको भेलाबाटै योजना प्राथमिकीकरण गरेर निर्णय लिने सोंच छ । यस अवधिमा निर्वाचित जनप्रतिनिधीको काँधमा स्थानीय तहमा समावेश भएका स्थानीय निकायहरु, तिनका संरचनाहरुलाई व्यवस्थित गर्नु र सीमित श्रोत र साधनलाई प्रयोग गर्दै समानता, समावेशी र आवश्यकताको आधारमा विभिन्न विकासका आयामहरुको माध्यमबाट एकत्रित गरि नगरपालिकाको विकासका लागि नयाँ नेतृत्व प्रदान गर्न आबश्यक देखिन्छ ।
यस प्रक्रियामा अघिल्लो नेतृत्ले गरेका र गर्न खोजेका प्रयासहरुको समिक्षा हुन जरुरी छ । प्रथम पटक निर्वाचित भए पश्चात स्थानीय सरकारले गरेका संस्थागत, नीतिगत र संरचनागत सुधारका लागि भएका प्रयासहरुको समिक्षा तथा अनुसरण गर्दै बढ्नु पर्ने हुन्छ ।
अपेक्षाकृत रुपमा स्थानीय तहलाई प्राप्त हुने अनुदानमा कमी, आन्तरिक राजश्व प्राप्तिमा कमीका कारण समग्र विकासका लक्ष्यहरु पुरा गर्न नसकयिता पनि सीमित श्रोत र साधनलाई अधिकतम रुपमा परिचालन गर्दै दिगो विकासका लक्ष्यहरु प्राप्ती तर्फ अग्रसर रहनु जनप्रतिनिधिहरुको पहिलो कर्तब्य हो । पहाडि जिल्लामा रहेको प्यूठान नगरपालिकाका आधारभुत पूर्वाधारहरुको कमी थियो । अवश्य नै नगरवासीको विकास र सुशासन प्रतिको तीव्र आकांक्षालाई परिपूर्ति गर्नु मुख्य जिम्मेवारी थियो तर पर्याप्त जनशक्ति अभाव र श्रोतको अभावका कारण अपेक्षित रुपमा परिणाम निकाल्न कठिनाई देखिएका पनि देखिन्छ ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन वातावरण तथा पर्यटन, सरसफाई, श्रम रोजगार, उद्यमशीलतालाई प्राथमिकतामा राख्दै एकिकृत नगर गुरुयोजना, नगर यातायात योजना गुरुयोजना तयार भई सोहि अनुसार कार्य अगाडि बढाइएको छ । यो पनि नयाँ मोडेलको रुपमा आएको खाका हो भन्ने लाग्दछ ।
शिक्षामा हेर्दा अधिकतम लगानी गरि विद्यालय शिक्षण अनुदान, निःशुल्क भर्ना, पूर्वाधार निर्माण तथा सुधार जस्ता कार्यक्रम सम्पन्न गरि सकारात्मक नतिजा प्राप्त भएको छ ।
दुर्गम र स्वास्थ्य उपचारको दृष्टिकोणले आवश्यक ठानेका स्थानहरुको स्वास्थ्य क्लिनिक, आधारभुत स्वास्य्क उपचार केन्द्र, स्वास्थ्य चौकी थप गरि आवश्यक जनशक्ति, उपकरण, भौतिक पूर्वाधार खडा गरि स्वास्थ्य क्षेत्रमा जनताको पहुँचलाई स्थापित गर्न नगरपालिका सक्षम भएको छ । कोभिड १९ ले निम्ताएको स्वास्थ्य क्षेत्रको चुनौतीलाई कम गर्न प्रथम चरणमा र दोस्रो चरणमा प्यूठान जिल्लामै उत्कृष्ट भूमिका निर्वाह भएका छन् ।
कार्यकालको अन्त्य अबधि सम्ममा १० वटै वडा कार्यालयमा सडक सञ्जाल, वडा वडा जोड्ने सडक सञ्जाल र बस्ती जोड्ने सडक सञ्जाल बनेका छन् । सबैभन्दा दुर्गम वडा नं ५ को चान्जामा समेत सडक सञ्जालले जोड्न नगरपालिका सफल भएको छ । ठछण् मी. सडक कालोपत्रे, द्द.द्द कि.मी सडक खण्डेस्मीथ र टठ कि.मी. कच्ची सडक निर्माण गरिएका छन् । जसबाट यातायात पहुँचमा सुधार आएको र खानेपानीको सुविधाबाट ९५% घरधुरी लाभान्वित भई अवका आर्थिक बर्षमा ती कार्यले सतप्रतिशत घुरधुरीमा पहुँच पुग्ने छ भन्ने आशा गर्न सकिन्छ ।
नगरकै पर्यटनतर्फको गौरवको रुपमा रहेका ऐतिहासिक भित्रीकोट दरवारको मएच् तयारी र सोहि बमोजिमका पूर्वाधार निर्माण भइरहेको छन् भने लिस्ने हिल स्टेशन, झुलेनी, बुलबुले, २२ धाराको शिद्धगुफा पहुँचमार्ग, कालिका मन्दिर तथा पूर्वाधार निर्माण भइरहेका छन् । मरन्ठानाकोट, दाखाकोट र खैराकोटको म्एच् तयार भई आधारभूत संरचनाहरु निर्माण भएका छन् । वडा नं २ र ५ मा वडास्तरीय खेलकुद मैदान निर्माण भएका छन् । १टण्ण् घरधुरी खरका छाना भएकोमा जनता आवास कार्यक्रम अन्तर्गत ज्ञघघ० घरधुरीलाई जस्तापाता उपलब्ध गराई खरका छाना विस्थापित गर्ने तीब्र प्रक्रियाले नगरपालिकाको अवको मुहार फेरिने आशा गर्न सकिन्छ । ।
कृषिमा आधुनिकरण तथा यान्त्रीकरण, अनुदान पकेट क्षेत्र व्यवसायमा प्रवर्द्धन गर्ने नीति लिइनु, शित भण्डारको निर्माण गरि व्यवस्थित ढंगले सञ्चालनमा ल्याइनु साथै नगरपालिकाकै चुनौतिको रुपमा रहेको झिमरुक नदी नियन्त्रणलाई उच्च प्राथमिकता दिई नगरपालिका र अन्य सम्बद्ध निकाय मार्फत ९ कि.मी को दुरीमा नदी नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा थालनी गरिएका छन् । सोबाट झिम्रुक फाट लगायत झिम्रुक फाटमा निर्मित बस्ती तथा संरचनाहरु सुरक्षित भएका छन् । यो काम पनि महत्वपूर्ण छ भन्ने लाग्दछ ।
बिगत २ बर्ष अगाडिदेखि संचालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आ.व २०७७÷७८ मा ४९६ जनालाई १०० दिनको रोजगारी प्रत्याभुत गरिएको छ । लघुउद्यम, साना घरेलु उधोग लगायत अन्य व्यवसाय क्षेत्रबाट करिब द्दण्ण् जना नयाँ व्यवसाय सञ्चालन गर्न सफल भएका छन् । नगरपालिका र वडाहरुको प्रशासनिक तथा आर्थिक कारोबार कार्यालय प्रभावकारी बनाउन सफ्टवेयर जडान गरि कार्य प्रारम्भ गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको स्थानीय तहको समस्याहरुलाई न्यायिक समितिको अग्रसरतामा २४ वटा घटनाको मिलापत्र गरि सम्पादन गरिएको र वडामा ३ वटा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । जसबाट स्थानीय तहहरुमा तोकिए बमोजिमको क्षेत्राधिकार हेर्ने गरि घटनाहरुको संकलन, सहजीकरण र अभिलेखिकरण गर्न थप मद्दत पुग्ने देखिन्छ ।
नगरपालिकाले सुखी अनि समृद्ध नगरका लागि थालेका प्रयास आधार र सो अनुसारको उद्देश्यहरुलाई निम्नुसार उल्लेख गर्न सकिन्छ ।
क) कोभिड–१९ को रोकथाम नियन्त्रण र उपचारलाई प्रभावकारी बनाइ जनताको जीवन रक्षामा जोड दिने,
ख) स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउदै स्वास्थ्य उपचार परीक्षण र परामर्श मार्फत नागरिकको स्वस्थ जीवन यापनमा ध्यान दिने,
ग) गुणस्तरीय र शीप एवम् प्रविधीयुक्त शिक्षामा ध्यान दिदै सम्पूर्ण बालबालिकाहरुको शिक्षामा समान पहुँच बढाई उत्कृष्ट सिकाइ उपलब्धी हासिल गर्ने ।
घ) नगरपालिका क्षेत्रभित्रका न्यायिक समस्याहरुलाई संविधानले प्रदत्त गरेको न्यायिक समितिको अधिकार क्षेत्रभित्र रहि समाधानको लागि पहल गर्ने ।
ङ) जनताको आवश्यकतामा आधारित दिगो प्रतिफलयुक्त विकासमा जोड दिदै विकासको माध्यमबाट रोजगारीका अवसरहरू सिर्जना गरी बेरोजगारी समस्या न्युनीकरण गर्ने,
च) प्यूठान नगरपालिकालाई लुम्बिनी प्रदेशको लगानीको हवको रूपमा विकास गर्दै जाने ।
छ) नगरका सबै बस्तीहरुमा विद्युतको पहुँच पुरयाउने ।
ज) कृषि क्षेत्रको सुधार गरी नगर अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढाउने,
झ) स्थानीय सीप, प्रविधि र श्रोतको अधिकतम परिचालन गरि रोजगारीका अवसरहरुको सृजना मार्फत युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गरि वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने ।
ञ) उद्यमशीलताको प्रवर्द्धन गरि गरिबी र बेरोजगरी न्युनिकरण गर्ने ।
आधारहरु
नेपालको संविधान,२०७२ को अनुसूची ८ र ९ मा उल्लेखित स्थानीय तहको एकल तथा साझा अधिकारको सूची ,
नेपालको संविधानमा उल्लेखित मौलिक हकहरु,
नेपालको संविधान भाग ४ अन्तर्गतका राज्यका आर्थिक, सामाजिक विकास, प्राकृतिक श्रोतको उपयोग, वातावरण संरक्षण सम्बन्धी नीतिहरु, धारा ५९ को आर्थिक अधिकार र भाग १९ को आर्थिक कार्य प्रणाली ।
नेपाल सरकारबाट स्वीकृत संघ, प्रदेश र स्थानीयतहको कार्य विस्तृतिकरणको प्रतिवेदन तयार गर्ने ।
संघीय सरकारले अंगिकार गरेको आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताहरुलाई कार्यान्वयन गर्ने ।
संघीय सरकारले अवलम्बन गरेका आर्थिक तथा वित्तीय नीतिहरु,
नेपालले अन्तरराष्ट्रिय जगतमा जनाएका प्रतिबध्दताहरु,
स्थानीय शासन सञ्चालन संबन्धी कानून, आदेश, नियमावली, प्रावधानहरु ।
स्थानीय तहका संवन्धमा भएका अध्ययन प्रतिवेदनहरु
विकासका समसामयिक मुद्दाहरु जस्तै सामाजिक संरक्षण, दिगोविकास, जलवायु परिवर्तन र विपद् व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैङ्गिक सशक्तिकरण तथा समावेशीविकास, बालमैत्री स्थानीयशासन, वातावरण मैत्री स्थानीय शासन, पूर्णसरसफाई एवं उर्जासंकट लगायतका अन्तर सम्बन्धित विषयहरु,
नेपाल सरकारका विषयगत एवं क्षेत्रगत नीतिहरु,
समुदाय, टोल, वस्तीस्तरमा भएका छलफल नागरिकस्तर बाट उठान भएका आवश्यकता एवं अपेक्षा तथा वडा समितिका सिफारिस ।
उल्लेखित उद्देश्य हासिल गर्न गरिएका प्राथमिकता निर्धारण
क) स्वास्थ्य अवस्थाको क्षमता अभिवृद्धि, पूर्वाधार विकास एवम् जनशक्ति व्यवस्थापन,
ख) गुणस्तरीय एवम् निशुल्क शिक्षा, शिक्षामा सबैको समान पहुँच
ग) कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरण,
घ) छिटो छरितो रुपमा समस्याहरुको न्यायिक निरुपण
ङ) सडकको स्तरोन्नती,
च) स्वच्छ खानेपानी तथा सरसफाइमा सबै नगरबासीमा पहुँच
छ) सुशासनमा अभिवृद्धि, कार्यशैलीमा सुधार,
ज) सहभागीतात्मक योजनाहरुको छनोट,
झ) एकीकृत नगर गुरुयोजनाको अवलम्बन,
ञ) सीप विकास तथा रोजगारी सिर्जना,
ट) उद्यमशीलताको प्रवर्द्धन
नीतिहरु
ज्ञ. शिक्षामा सबैको पुहँच सुनिश्चितता गरिने लक्ष्य राखिएको छ । बालबालिकाहरुले बीचैमा विद्यालय छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, सर्वशुलभ शिक्षा कायम गर्न, उच्च शिक्षामा पहुँच बृद्धि गर्न, कुनै पनि बालबालिका शिक्षा प्राप्तिको अवसरबाट बञ्चित नहुन व्यवहारिक रुपमै निशुल्क शिक्षाको प्रत्याभूति दिइने छ ।जसको लागि थप कक्षाहरु तथा जनशक्तिको ब्यवस्था गरिने छ ।
द्द. संघ तथा प्रदेश सरकारबाट शसर्त अनुदानमा उल्लेखित कार्यक्रमको अतिरिक्त शिक्षा क्षेत्रको विकास, सिकाई उपलब्धीमा सुधार, बालमैत्री शिक्षण सिकाई विकास गर्ने नीति लिइएको छ । कोभिड ज्ञढ महामारी लगायत अन्य महामारीको बेला वैकल्पिक शिक्षण विधी अवलम्बन गरिने छ । त्यसै गरि अनलाइन क्लास सञ्चालनको लागि आवश्यक पूर्वाधार तथा संरचनाहरु तयार गर्ने नीति लिएको छ ।
घ. बालबिकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको मासिक तलबमानमा समयानुकुल बृद्धि गरि न्यूनतम पारिश्रमिक उपलब्ध गराउने नीति ।
द्ध. पूर्वाधार निर्माण तथा मर्मत, प्रभावकारी अनुगमन तथा नियमन, दुर्गम तथा विद्यार्थी संख्याको आधारमा थप जनशक्ति व्यवस्थापन, बैकल्पिक विद्यालय सञ्चालन, प्राविधिक शिक्षामा जोड दिने नीति लिइएको छ । विद्यालयस्तरका सबै छात्रालाई निशुल्क रुपमा स्यानेटरी प्याड उपलब्ध गराइने छ र छात्र छात्राहरुलाई दिवा खाजाको व्यवस्थालाई निरन्तरता ।
छ. आ.व २०७८÷७९ को नीति कार्यक्रम तथा बजेटमा शिक्षालाई पहिलो प्राथमिकता दिइएको छ जसबाट शिक्षामा गुणात्मक प्रतिफल प्राप्त हुने विश्वास लिइएको छ ।
ट. जस्तो सुकै संकटको घडिमा मानव जीवनको रक्षा गर्दै आर्थिक र सामाजिक जीवनलाई सहज बनाउने कार्यमा प्यूठान नगरपालिका अहोरात्र जुटिरहेको छ । यस स्थानीय सरकारले सम्पूर्ण नगरबासीको समुन्नत र समृद्ध नगर बनाउने उद्देश्यका साथ कार्यसम्पादन गरिरहेको छ । नगर आवधिक योजना, एकीकृत नगर विकास योजना लगायतका अन्य क्षेत्रका गुरु योजनाहरुलाई आत्मसाथ गर्दै दीर्घकालीन विकासका लागि लिएका लक्ष र उद्देश्य प्राप्तिमा केन्द्रित गरिएको छ ।
ठ. नगर क्षेत्रभित्रका पूर्वाधार सम्बन्धि विशेष आयोजनाहरु उच्च प्रतिफल प्राप्त हुने आयोजनाहरुलाई प्राथमिकीकरणमा राख्दै त्यस्ता आयोजनाहरुलाई छिटो छरितो कार्यान्वयन गरि सम्पन्न गरिने छ भनि सूचना प्रविधीको विकास गरि आधुनिक तथा डिजीटल नगरको रुपमा स्थापना गर्ने नीति लिइएको छ ।
ड. स्थानीय तहको अधिकार क्षेत्र भित्रका लागि आवश्यक कानुनहरु निर्माण भएका छन् भने निर्माण हुन बाकी कानुनहरु छिटै निर्माण गरिने छन् । नगरपालिकालाई समृद्ध र समुन्नत बनाउन राष्ट्रिय मापदण्ड, प्रदेश मापदण्ड र स्थानीय मापदण्डलाई कडाईका साथ पालना गर्ने नीति लिइएको छ ।
ढ. कोभिड १९ को दोस्रो चरणको महामारीबाट सीर्जित स्वास्थ्य क्षेत्रको समस्यालाई समाधान गर्न पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, श्रोतको व्यवस्थापन र परिचालनलाई प्रमुख आधारको रुपमा लिइएको छ । जिल्ला अस्पतालमा अक्सीजन पलान्ट, नगरपालिका क्षेत्रभित्र जिल्ला आइसोलेसन केन्द्र स्थापना र विशेषज्ञसहितको जनशक्ति व्यवस्थापन हाम्रो प्रमुख कार्यक्षेत्र रहने छ । सो महामारीबाट ज्यान गुमाउनु हुने नगरबासीलाई राहत उपलब्ध गराइने नीति लिइएको छ।नगरपालिकाले सुत्केरीको स्वास्थ्य सुधार लगायत पोषणको लागि सुत्केरीसंग नगरपालिका कार्यक्रमलाई निरन्तरता दिइने छ । साथै एच.आई.भी. पोजिटिभ बिरामीका लागि पोषण, प्रोत्साहन, यातायात खर्च र उपचारमा टेवा पुर्याईउने कार्यक्रमलाई निरन्तरता दिइने छ।
ज्ञण्. आ.व २०७८÷७९ मा प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा प्यूठान नगरपालिकाबाट शव वहान तथा एम्बुलेन्स सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ ।
ज्ञज्ञ. टण् वर्षभन्दा माथिका सबै नगरबासीहरुलाई घरदैलोमा गई स्वास्थ्य परीक्षण तथा उपचार परामर्श, औषधी वितरण गर्ने कार्यलाई निरन्तरता दिइने छ । ज्येष्ठ नागरिकहरुलाई निशुल्क आखा उपचार गराउने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
ज्ञद्द. सुत्केरीको जीवन सुरक्षा तथा स्वास्थ्य सुधारको लागि सुत्केरीसंग नगरपालिका कार्यक्रमलाई निरन्तरता दिइने छ ।
ज्ञघ. स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रयोगशाला नभएको कारण जिल्ला अस्पताल लगायत जिल्ला बाहिर जानु पर्ने बाध्यतालाई न्युनिकरण गर्दै सापडाडा स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि बजेटको व्यवस्था गरेको छु । साथै आगामी दिनमा प्रयोगशाला स्थापना तथा सञ्चालन कार्यलाई सबै स्वास्थ्य चौकीहरुमा बिस्तार गर्ने नीति लिइने छ ।
१४. स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी गराउन आयुर्वेद स्वास्थ्य सेवालाई बिस्तार गरि नगर क्षेत्रभित्र स्वास्थ्य आयुर्वेद सेवा उपचार केन्द्र स्थापना गर्ने नीति लिइएको छ ।
ज्ञ५. पशुपालनतर्फ कृषकहरुलाई प्रवर्द्धन गर्नको लागि आधुनिक पशुपालन, व्यवसायिक पशुपालनलाई टेवा पुग्ने गरि अनुदान कार्यक्रमलाई प्रभावकारी बनाइने छ भने पशुपालनबाट उत्पादित दुग्धजन्य तथा मासुजन्य पदार्थलाई उत्पादनको आधारमा प्रत्येक वडामा दुग्ध संकलन केन्द्र (डेरी) र व्यवस्थित मासु विक्री केन्द्र स्थापना गरि विक्री वितरण गर्ने नीति लिइने छ ।
१६. कृषि तथा जडिबुटीजन्य उद्योगहरु स्थापनाको लागि सहयोग तथा पहल गरिने छ । सिंचाइका सुविधा नपुगेका खेतीयोग्य जमीनमा थोपा सिंचाइ वा पूर्नभरन सिंचाइ पोखरी र नियमीत सिंचाइ प्रणालीबाट सिंचाइ सुविधा पुर्यापई उत्पादनमा बृद्धि गरिने छ । खेतीयोग्य जमीनलाई बाझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गरि सामुहिक खेतीलाई प्रोत्साहन गरिने छ ।
७. एक वडा एक उत्पादन, बस्तीहरुमा आधुनिक खेतीको अभ्यास, कृषि तथा पशु पकेट क्षेत्र घोषणा, तरकारी तथा फलफुल पकेट क्षेत्र घोषणा गरि त्यहाबाट उत्पादित कृषि तथा पशुजन्य पदार्थहरुलाई नगरपालिकाद्बारा सञ्चालन गरिएको तरकारी तथा फलफुल संकलन केन्द्र र चिस्यान केन्द्रसम्म पुर्यालई कृषकको आय स्तरमा बृद्धि गर्ने र बास्तविक उत्पादनको आधारमा अनुदान उपलब्ध गराउने नीति लिइएको छ भने उत्पादनलाई बृद्धि गर्न माटो परीक्षण कार्यालय व्यापकता गरिने छ ।
१८. संघीय तथा प्रदेश सरकारसंगको सहयोग तथा सहकार्यमा कृषि पकेट क्षेत्र तथा द्यीइऋप् क्षेत्र घोषणा गरि कृषिमा विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
१९. पर्यटकीय क्षेत्र भित्रीकोट जाने सडकलाई कालोपत्रे गर्नको लागि प्रस्ताव गरिएको छ भने अन्यअन्तरपालिका र अन्तरजिल्ला जोड्ने सडकलाई स्तरोन्नतीको लागि प्रस्ताव गरि नगर साझेदारी योजनाको रुपमा प्रस्ताव गरिएको छ ।
२०. पर्यटनतर्फ ऐतिहासिक भित्रीकोट दरबार, झुलेनी सांस्कृतिक क्षेत्र, सहिद पार्क, २२ धारा बुलबुले, शिद्धगुफा, मरन्ठानाकोट, खैराकोट, दाखाकोट, बाल उद्यान, कालिका मन्दिर,डल्ले सरायँ, लिस्ने हिल स्टेशन लगायतलाई पूर्वाधार निर्माण गरि बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने रणनीति लिएको छ जसबाट रोजगार तथा व्यवसायमा बृद्धि भई आन्तरिक अर्थतन्त्रमा टेवा पुग्ने छ ।
२१. नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनद्बारा निर्धारित कानुनी क्षेत्राधिकार भित्र रहि नगरबासीका समस्याहरुलाई मेलमिलाप केन्द्र मार्फत समाधान गरिने छ । घटना र प्रकृतिको आधारमा पिडक र पिडीतलाई मनोसामाजिक परामर्श प्रदान गर्न मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरि सहजिकरण गर्ने नीति लिइएको छ । लैङ्गिक हिंसामा परेका व्यक्तिहरुलाई लैङ्गक हिंसा निवारण कोषबाट तत्काल राहत तथा उद्दार गर्ने नीति लिइएको छ ।
२२. नगरपालिकाभित्र एक बहुआयामिक व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरिने छ जसबाट फोहोरमैलाको उचित व्यवस्थापन भई वातावरण तथा सरसफाईमा सकारात्मक प्रभाव पर्ने छ भने फोहोरलाई मोहरमा परिणत भई आन्तरिक आयमा बृद्धि गर्ने नीति लिइएको छ । साथै फोहोरमैला तथा सरसफाइका कार्यक्रमहरु, टोल सुधार समिति, निजी क्षेत्र, गै.स.सं. तथा सहकारी तथा समूह मार्फत प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति लिइएको छ ।
२३. प्यूठान नगरपालिकाको वडा नं ९ र १० को खरीबोट, गुरीगाउँ बजार, वडा नं ८ को बाग्दुला दम्ती, वडा नं ७ को टिकुरी बसपार्क कोरिडोर, पुण्यखोला टिकुरी बस्ती विकास, वडा नं ४ टारी बस्ती विकास, वडा नं ५ को ढुङ्गेठाटी तथा जुम्रीकाँढा ठुलोगाउँ बस्ती विकास, वडा नं २ र ३ को नमुना बस्ती विकास र १ को खैरा बस्तीलाई आधुनिक बस्ती विकासको लागि विकास गर्नको लागि पहल गरिने छ ।
२४. प्रत्येक नगरबासीको घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउन प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा एक घर एक धाराको अभियानलाई सन् २०२५ सम्म पूर्णता दिनको लागि आवश्यक श्रोत र साधनको व्यवस्था गरिने छ ।
२५. विकासको तीन खम्बे नीति अन्तर्गत रहेको नगरभित्रका सम्पूर्ण सहकारीहरुको नियमन गरि तथ्याङ्क संकलनका साथै प्रोफाइल तयार गर्ने नीति लिइएको छ । अनुगमन गर्ने, पूर्वाधार निर्माणमा सहयोग पुर्याङउने, सहकारी शिक्षा सञ्चालन गर्ने र सहकारीको पुँजीलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरि बहुउपयोगी तुल्याउने र रोजगारीमा अभिबृद्धि गर्नको लागि राम्रो सहकारी हाम्रो सहकारीको अभियानलाई निरन्तरता दिइने नीति लिइएको छ ।
२६. नगरभित्रका महिलाहरुलाई महिला शसक्तिकरण अभियानमा जोडिने छ भने शैक्षिक, साँस्कृतिक तथा नीति निर्माणमा पछि परेका र पारिएका महिलाहरुलाई विकासको मूल प्रवाहमा समाहित गर्ने नीति लिइएको छ । घरेलु हिंसा, विभेद, ज्यादती तथा महिलाहरुमा हुने उत्पीडनलाई निराकरण गर्नको लागि महिला तथा बालबालिका शाखाबाट आवश्यक कार्यक्रम स्वीकृत गरि शसक्तिकरणमा जोड दिइने छ भने सहकारी, कृषक समुह, महिला समुह तथा अन्य समुहहरुमा महिलाहरुको उपस्थितीलाई प्राथमिकता दिई बैङ्क, वित्तीय संस्था तथा सहकारी संस्थाहरु परिचालन गरि उत्पादनमुलक तथा व्यवसायिकमुलक क्षेत्रमा महिलाहरुलाई अग्रसर बनाइने छ । प्यूठान नगरपालिकालाई लैङ्गिक हिंसामुक्त नगर घोषणाको लागि आवश्यक संरचनाहरु तयार गर्ने नीति लिइएको छ ।
२७. ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई शतप्रतिशत भत्ता बृद्धि गरि निरन्तरता दिएको छु साथै आ.व २०७८÷७९ देखि लागु हुने गरि ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई समेत अपाङ्ग भत्ताको व्यवस्था गर्ने नीति गरिएको छ ।
२८. प्यूठान जिल्ला र नगरपालिकाकै महत्वपूर्ण आयोजनाको रुपमा स्थापित बहुउद्देश्यीय सभा हल यसै आ.व. २०७८÷७९ मा कार्य आरम्भ गरिने छ ।
२९. नगर क्षेत्रभित्रका खोला नाला खोल्सीहरुमा पक्की पुल, झोलुङ्गे पुल, ट्रस ब्रीज र कल्भर्ट निर्माण गरि आवागमनलाई सहजता प्रदान गर्ने नीति लिइएको छ ।
३०. २१ औ शताब्दीमा बढ्दो युवाहरुको वैदेशिक पलायन, पुरुषहरुको छिमेकी मुलुक भारतमा कामको खोजीमा जाने प्रवृत्ति र २१ औ शताब्दीमा प्रत्यक्ष जनसहभागीतामा देखिने न्युनतालाई ध्यानमा दिई नगरपालिकाबाट सञ्चालन गरिने सम्पूर्ण पूर्वाधारहरुको आयोजनामा न्यूनतम ज्ञण्% जनसहभागिता गर्ने नीति लिइएको छ । साथै जुन उपभोक्ता समितिबाट आयोजना वा कार्यक्रम सम्पन्न भएको हो सोही उपभोक्ता समिति मार्फत सोको दिर्घकालसम्म मर्मत सम्भार र संरक्षणको जिम्मेवारी दिइने नीति लिइने छ । सडक खानेपानी तथा अन्य आयोजनाहरु मर्मत सम्भार गर्नको लागि प्रत्येक वडाहरुमा मर्मत सम्भार खर्चको व्यवस्था गरिने छ ।
३१. विकासका कार्यक्रमहरुलाई सुन्दर नगर स्थापनाको लागि वातावरणमैत्री बनाइने छ । हरित सडक, कृषि सडक, हरित झिम्रुक करिडोर र अन्य सडकहरुमा बायो इन्जिनीयरिङ्ग र हरियाली अभियान अन्तर्गत योजनाहरु कडाइका साथ कार्यान्वयन गर्ने नीति लिइएको छ ।
३२. सबै बस्ती तथा घरधुरीमा यसै आ.व. २०७८÷७९ मा विद्युतीकरण पुर्यानइने छ र उज्यालो नगरपालिका घोषणा गरिने छ ।
३३. सरसफाइका गतिबिधीहरुलाई अनिवार्य रुपमा पालना गर्न विद्यालय मार्फत विद्यार्थी, विद्यार्थी मार्फत अभिभावक साथै समुदायको अगुवाइमा सरसफाइको कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्ने नीति लिइएको छ ।
३४. गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाबाट स्थानीय तहमा सञ्चालन हुने कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ ।
३५. झिमरुक फाटको उर्वर भूमिलाई अव्यवस्थित बसोबासबाट कम गर्न तथा रोक्न प्यूठान नगरपालिका वडा नं २ र ३ मा कार्यान्वयन गरिने नमुना बस्ती विकास गुरु योजनालाई व्यवस्थित आवासको लागि सुनिश्चतता गरि कार्यान्वयनमा ल्याइने छ । व्यवस्थित बस्ती विकासको लागि अनिवार्य नक्शा पास गर्ने कार्यलाई कडाइका साथ लागु गर्ने नीति लिइएको छ ।
३६. नगरपालिकाको मुख्य खेलकुद मैदान रङ्गशाला, वडा नं २ मा वडास्तरीय खेलकुद मैदान, वडा नं ५ को वडास्तरीय खेलकुद मैदानलाई स्तरोन्नती गर्दै युवाहरुलाई खेलतर्फ आकर्षित गरिने छ भने अन्य बाकी सबै वडाहरुमा वडास्तरीय खेलकुद मैदान निर्माण गर्ने नीति लिइएको छ ।
३७. विपद् व्यवस्थापनको लागि विपद् प्रतिकार्य योजना, विपद व्यवस्थापन कार्यविधीलाई अवलम्बन गर्दै धनजनको क्षतिलाई न्यूनिकरण गर्न नगरपालिकामा एक विपद व्यवस्थापन कोष स्थापना गरिने छ । उक्त कोषबाट विपद् प्रतिकार्य योजना, विपद न्यूनिकरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखी परिचालन गर्ने नीति लिइएको छ ।
३८. वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलाई प्राथमिकतामा राखी स्वरोजगार तथा उत्पादनमा जोडिन विभिन्न सीपमुलक कार्यक्रमहरु सञ्चालन गरिने छ र उनीहरुले थालनी गरेको व्यवसायिकतालाई थप सहयोग पुग्ने गरि कृषि, पशुसेवा र लक्षित कार्यक्रम अन्तर्गत अनुदान, यान्त्रिक सहयोग लगायत प्रविधी हस्तान्तरणका कार्यक्रम मार्फत् सहयोग बढाइने नीति लिइएको छ ।
३९. योजनालाई प्रभावकारी रुपमा सञ्चालन तथा सम्पादन गर्नको लागि उपभोक्ता समिति, खरीद समिति र अन्तर शाखाहरुको अभिमुखीकरण कार्यक्रम गरि योजनालाई प्रभावकारी बनाउने नीति लिइएको छ ।
४०. सामाजिक सुरक्षाको सुविधाबाट मापदण्ड पुगेका कुनै पनि नगरबासीहरु नछुटुन् र नदोहोरिउन् भन्ने नीति अन्गर्गत घटना दर्ता शिविर, अभिलेखीकरणलाई वडाका बस्ती बस्तीहरुमा बिस्तार गरि बास्तविक रुपमा पहिचान गरिने छ र सामाजिक सुरक्षा सेवाको पहुँचलाई प्रत्येक सरोकारवाला सामु जोडिने छ । सोको लागि सामाजिक सुरक्षा सफ्टवेयर, अभिलेखिकरण र स्क्रिनिङ्ग गर्ने कार्यलाई अगाडि बढाइने छ ।
४१. नगरपालिकाका प्रशासनिक तथा आर्थिक क्रियाकलापलाई भरपर्दो र छिटोछरितो रुपमा सम्पादन गर्नको लागि नगरपालिकामा सूचना केन्द्र स्थापना गरिने छ र नगरपालिका तथा वडाहरुमा सफ्टवेयर तथा आवश्यक हार्डवेयर जडान गरि सेवामा सरलता ल्याउने नीति लिइएको छ ।
४२. नगरपालिका क्षेत्रभित्र क्रियाशिल गै.स.सं.हरुको कार्यक्रमलाई नगर तथा वडाहरुमा समन्वयात्मक रुपमा कार्य गर्ने गरि परिचालन गरिने छ र सोको अनुगमन प्रभावकारी रुपमा गर्ने नीति लिइएको छ ।
४३. उत्कृष्ट व्यवसायीलाई त्यस वर्षको कर छुटसहित सम्मान गर्ने नीति लिइएको छ भने करछली, चुहावटलाई प्रभावकारी अनुगमनद्बारा निरुत्साहित गरिने छ ।
४४. नगरपालिकाको राजश्वको दायरालाई बढाइने छ । घरबहाल करलाई स्वःघोषणा गर्दै नगरपालिकामा सम्झौता गर्न आएमा सम्झौता रकमको २०% छुट गर्ने नीति लिइएको छ भने व्यवसायिक रुपमा गरिने दर्तामा १०% ले छुट गरिने छ । नगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका तर नियमानुसार दर्ता नगरिएका व्यवसायलाई प्रथम पटक तीन महिनासम्म २५% जरिवाना र सो भन्दा पछि ५०% जरिवाना गर्ने नीति लिएको छ ।
४५. गै.स.सं. का स्वीकृत कार्यक्रम मार्फत स्थानीय सरकारको पोषण प्रतिको प्रतिबद्धता र स्थानीय श्रोतको परिचालन गरिने छन् ।
४६. सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय मार्फत् अति विपन्न असहाय परिवारको पहिचान गरि खरको छानो विस्थापन गर्ने नीति लिइएको छ ।
४७. नगरपालिकाको सम्पूर्ण आर्थिक कारोबारलाई चुस्त दुरुस्त तुल्याउन सुत्रको प्रयोग गरिएको छ भने बेरुजुलाई न्युनीकरण गर्नको लागि आवश्यक पर्ने लेखा व्यवस्थापन तालिमको व्यवस्था गर्ने नीति लिइएको छ ।
४८. हाम्रा प्रतिनिधी राम्रा रणनीति (नगरका अति आवश्यक पूर्वाधार, मेयर उपमेयर कोषको पहिलो आधार) अन्तर्गत मेयर उपमेयर कोषलाई निरन्तरता दिइने नीति लिइएको छ ।
४९. बिजुवार भित्रीकोट केबलकार, झिमरुक फाँट अर्गानिक कृषि स्मार्ट कार्यक्रम, झिम्रुक नदी नियन्त्रण, औधोगिक ग्राम स्थापना, १०० शैयाको प्यूठान अस्पतालको क्षमता बृद्धि, झिम्रुक उपत्यका स्मार्ट सिटी र प्राविधिक शिक्षालय जस्ता नगरका गौरवका आयोजनाहरुलाई कार्यान्वयन गर्न संघ सरकार तथा प्रदेश सरकारसंग समन्वय गर्ने नीति लिइएको छ ।
५०. भिन्न प्रकृति, विविध संस्कृतिलाई समन्यात्मक ढंगले सम्बोधन गरि जातजाती, भाषा संस्कृतिलाई जगेर्ना गर्ने नीति लिइएको छ ।
५१. मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकामा प्राप्त हुने कार्यक्रम तथा शशर्त अनुदानलाई कार्यविधी र निर्देशिका बमोजिम अधिकतम रुपमा उत्पादनमूलक, रोजगारमूलक, व्यवसायमूलक र परिणाममुखी बनाइने छ ।
५२. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकालाई प्राप्त हुने कार्यक्रम तथा शशर्त अनुदानबाट करिब ५५० जना बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारको प्रत्याभुत गरिने छ ।
५३. आ.व. २०७७÷७८ मा सरसफाई तर्फ लिइने करलाई पूर्ण रुपमा मिनाह गर्ने नीति लिएको छु ।
५४. नवजात बालबालिकाहरुको ३५ दिन भित्र जन्म दर्ता भएमा नीजहरुको बाल बचत अन्तर्गत बाल बचत कोषलाई निरन्तरता दिएको छु ।
५५. गरिबी निवारण कोष तर्फका कार्यक्रम, सहकारी, समूहहरुलाई नगरपालिकाबाट प्रभावकारी रुपमा अनुगमन, परिचालन, सञ्चालन तथा नियमन गरिने छ ।
५६. लघु उद्यम पञ्च वर्षिय रणनीतिक योजनालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लगिने नीति लिइएको छ ।
५७. राजश्वका प्रमुख श्रोतहरुको सम्भावना पहिल्याउने, समस्याको पहिचान गर्ने, करदाताहरुलाई पुरस्कृत र दण्डित गर्ने, सरल र सहज ढंगले बैज्ञानिक कर प्रणाली लागु गर्ने, राजश्वका सुधार योजनाहरु कार्यान्वयन गर्ने, वैज्ञानिक र कानुनी ढंगले खर्च गर्ने जस्ता राजश्ववका नीतिहरुलाई अवलम्बन गर्ने नीति लिइएको छ ।
६८. नगरपालिका र वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई सूचना प्रविधी मैत्री गर्ने र कर्मचारीहरुलाई प्रविधी सम्बन्धी तालिमको व्यवस्था गरि दक्ष बनाइने छ ।
५९. कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न विशेष प्रोत्साहनको व्यवस्था गरिने छ साथै नगरपालिका तथा वडा कार्यालयको कार्यबोझको आधारमा संगठन व्यवस्थापन सर्वेक्षण गरि आवश्यकताको आधारमा दरबन्दी स्वीकृत गरिने छ ।
६०. कार्यालयको वेवसाइट र मोबाइल एप मार्फत नगरपालिकाको नीति, नियम कार्यक्रम एवम् भएका सम्पूर्ण आय–व्यय विवरणहरु वेवसाइट र मोबाइल एप मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउने र आयोजना तथा कार्यक्रमहरुको सामाजिक परिक्षण, सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, चौमासिक तथा वार्षिक समीक्षा जस्ता सुशासनका औजारहरुलाई कडाइका साथ अवलम्बन गर्ने नीति लिइएको छ ।
६१. खाली रहेको वन क्षेत्रमा वन कार्यालयसंग समन्वय गरि उपयोगि विरुवाको वृक्षारोपण गरिने छ । जटिबुटी लगायत नगदे बालीको उत्पादन गर्न वनको संरक्षण गर्दै त्यस्तो वन क्षेत्रको दिगो उपयोग गर्ने नीति लिइएको छ ।साथै नदी कटान नियन्त्रण नदी किनारहरुमा बाँस लगायत उपयोगी विरुवाहरु लगाउने, जोखिममा रहेका बस्तीहरुलाई स्थान्तरण गर्ने वा पहिरो नियन्त्रण गर्न बायोइन्जिनीयरिङ्गको क्रियाकलापमा जोड दिइने नीति लिइएको छ ।
ट२. नगर क्षेत्रभित्रका सरकारी वन, सामुदायिक वन तथा कबुलियती वनक्षेत्रलाई व्यवस्थित गरि वन संरक्षण तथा प्रवर्द्धन गर्दै हरियाली वन क्षेत्रलाइ विस्तार गर्ने नीति लिइएको छ ।
६३. प्यूठान नगरपालिकाको दम्ती, फुलघाट, मेथीखोला चुदरीखोलामा पक्की पूल निर्माणको लागि संघ तथा पूर्वाधार मन्त्रालयलाई अनुरोध गर्ने प्रस्ताव गरिएको छ ।
६४. नगरलाई उज्यालो नगरको रुपमा स्थापित गर्न सोको लागि सम्भाव्यता अध्ययन, प्रविधी हस्तान्तरण गर्न १० ओटै वडाहरुमा सोलार बत्ती जडान, शीतभण्डारमा सोलार बत्ती जडान तथा आवश्यकताका आधारमा सबै नगरका क्षेत्रहरुमा सोलार सडक बत्ती जडान जस्ता कार्यक्रमहरु सञ्चालन गर्नको लागि बैकल्पिक उर्जा कार्यालय लगायत अन्य सम्बद्ध निकायहरुसंग समन्वय तथा सहकार्य गर्नको लागि आवश्यक नीति लिइएको छ ।
६५. संघ तथा प्रदेश सरकारबाट प्राप्त शसर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान तर्फका रकम तथा कार्यक्रमहरु जुन जुन शिर्षकमा प्राप्त भएको छ सोही शीर्षकहरुमा मात्र कानुन तथा कार्यविधिले तोकिए बमोजिम खर्च गर्ने नीतिलाई कडाइका साथ पालना गरिने छ ।
६६. नगर क्षेत्रभित्रका प्रमाणित द्धन्द पीडितहरुलाई निशुल्क स्वास्थ्य वीमा सेवा उपलब्ध गराउने नीति लिइएको छ ।
६७. प्रदेश सरकार र प्यूठान नगरपालिकाको संयुक्त लगानीमा नगर क्षेत्रभित्र आयुर्वेदिक स्वास्थ्य केन्द्र स्थापना गरिने छ ।
६८. स्वर्गद्धारी नगरपालिकामा सबै स्थानीय सरकारको साझेदारीमा सर्प दंश उपचार केन्द्र स्थापना गरिने छ ।
६९. नगर क्षेत्रभित्रका सबै घरधुरीहरुमा न्यूनतम विद्युत महशुल (२० युनिट सम्म) नगरपालिकाको तर्फबाट व्यवस्थापन गरिने छ ।
ठण्. प्यूठान नगरपालिकाको वडा नं २ र ३ को बस्ती विकास र प्यूठान जिल्ला अस्पतालको ५० सैयाको बिस्तृत योजना अगाडि सारिएकको छ । यस नगरपालिकाको सीमित श्रोत र साधनले सम्बोधन गर्न नसकेका नगरका गौरवका आयोजनाहरु, अन्य स्वीकृत आयोजना तथा कार्यक्रमहरुलाई कार्यान्वयन गरि नगरपालिकाको समग्र विकास निर्माणलाई पूर्णता दिने कार्यमा संघीय तथा प्रदेश सरकारसंग आवश्यक सहयोग जुटाउदै नगरपालिकाको सीमित श्रोत र साधन तथा एकल प्रयासबाट मात्रै समृद्ध नगर सुखी नगरबासीको अभियान साकार हुन सक्दैन । त्यस अभियानमा सबै क्षेत्र र तप्काबाट रचनात्मक सहयोग अपरिहार्य छ । यसका लागि यो नबनिर्वाचित जनप्रतिनिधिले गहिरो गरी मनन गर्नेछ भन्ने छ भन्ने लाग्दछ ।
कमेन्ट गर्नुहोस !