आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

विना सुचना वाटो बन्द, खैरा खलंगा सडकमा सवारी साधन चल्न पाएनन्


बाबुराम उपाध्याय १७ चैत्र २०७४ प्यूठान,

खैरा देखि खलंगा जोड्ने मोटरबाटोमा बिगत १५ दिन देखि यातायातका साधन आवतजावत ठप्प भएको छ । बाटो फराकिलो बनाई व्यवस्थित बनाउन जिम्मा लिएको काष्ठमण्डब,बरदेवी,रानीवन जे.भी. काठमाण्डौ १६ बालाजु कम्पनीले बिगत केहि महिना देखि बाटो निर्माण थाले पनि बाटो निर्माण गर्दा गर्नु पर्ने मापदण्डको न्यूनतम ख्याल नगर्दा उक्त सडकमा दैनिक आवत जावत गर्ने मोटरसाइकल, ट्याक्टर तथा जिप जस्ता सवारी साधनहरु चल्नमा रोक लागेको हो ।

बाटो निर्माण गर्दा कुनै पनि निर्माण कम्पनीले ७ दिन अगाडि सुचना दिनु पर्ने , बाटो निर्माण योजनाको विस्तृत बिवरण देखिने होडि∙ बोर्ड सवैले देख्ने गरी राख्ने लगायतका न्यूनतम मापदण्ड भए पनि उक्त बाटो निर्माणका क्रममा सो मापदण्डलाई ख्याल गरेको देखिदैन । उक्त योजनाको वोर्ड खाना पकाउने ठाँउमा अस्तब्यस्त रुपमा फालिएको छ ।

बाटो निर्माण गर्दा न्यूनतम मापदण्ड एवं जनताको अधिकारलाई बिचार गरेर बाटो निर्माण गर्नु पर्ने होइन र ? भन्दा उक्त झिमरुक करिडोर निमार्णका साइड इन्चार्ज केशव ढुङगानाले काम गर्ने क्रममा केहि कमजोरी भएको स्वीकार गर्दे अब केहि दिन भित्रै यातायात सहज बनाउने बताए ।

यता दैनिक सो बाटोमा मोटरसाईकलमा यात्रा गर्ने दिपक आचार्य भन्दछन् ”एक हप्तामा बाटो खूल्दछ भन्ने आश्वासन पाएको थिएँ तर १ महिनामा बढि भई सक्यो सो बाटो बन्द हुँदा निकै सास्ती भोग्नु परेको छ । ” दैनिक खैराबाट सो बाटो हुँदै बिद्यालय जाने आचार्यले पिपलनेटा काँँत्रेखोला हुँदै घुमेर दूःख पूर्ण यात्रा गर्नु परेको बताए ।

योजनाको बिवरण देखिने बोर्ड बेबारिसे फालिएको छ , बाटो बिना सुचना बन्द हुन्छ यो त मापदण्ड बिपरित भएन र भन्दा डिभिजन सडक कार्यालय प्यूठानका इन्जिनियर राकेश यादव ले विषयलाई धेरै महत्व त दिएनन् तै पनि आफुले अनुगमन गर्ने गरेको तथा के भएको हो सो बारे बुझ्ने बताए ।

झिमरुक करिडोर अन्तर्गतको यो बाटोको समस्या मात्र होइन जिल्लाका विभिन्न स्थानमा अहिले बिकासका लागि धमाधम डोजर प्रयोग गरि बाटो निर्माण गरिए पनि निर्माणका क्रममा पुरा गर्नु पर्ने न्यूनतम मापदण्डका विषयमा योजना सम्पन्न गर्ने निकायले त्यति ख्याल गरेको देखिदैन जसले गर्दा बिकासका नाममा जनतालाई कुनै न कुनै ढंगले समस्या थपिदै गएको छ । योजना सम्पन्न गने , बिल मिलाउने बजेट फछर्यौट गर्नेमा मात्र ध्यान नदिएर योजना प्रभावकारी एवं मापदण्ड अनुरुप गुणस्तर युक्त ढंगले सम्पन्न गर्न सवै सरोकारवालाहरुको विशेष ध्यान जान जरुरी छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top