शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

चार्डपर्वलाई लक्षित गर्दै बजार अनुगमन


राधिका भुसाल
प्यूठान । लामो समय बन्दाबन्दी रहेको प्यूठानमा समान्य अवस्था भएसंगै बजार अनुगमन थालिएको छ । नजिककिदै गरेको चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालयले निरन्तर गर्दै आएको बजार अनुगमन यो अवस्थामा चाडपर्व र कोभिड १९ लाई लक्षित गरी गरिएको जिल्ला प्रशासनले जनाएको छ । विहिवार माण्डवी गाउँपालिका वडा नं ३ स्थित जस्पुर बजारको अनुगमन गरिएको छ । अनुगमनमा पसल दर्ताको प्रमाण पत्र, पसलमा भएका खाद्यबस्तुहरु म्याद हेर्नुका साथै दररेट समेत सोधपुछ गरिएको थियो । जस्पुर बजारका १९ वटा पसल अनुगमन गरिएको हो । जसमध्ये दुइवटा फलफुल तथा तरकारी पसलबाट साढे ३ केजी स्याउ, डेढ दर्जन केरा बरामत गरी नस्ट गरिएको छ । त्यस्तै दुईवटा किराना पसलबाट गरि ३० किलो नुन, १० पोका सब्जी मसला नस्ट गरिएको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख खेमबहादुर थापाले जानकारी दिए ।
अनुगमनका क्रममा जस्पुर बजारका अधिकांश पसलहरु दर्ता नभएको भेटिएपछि एकहस्ता भित्रै दर्ता गरेर मात्र सञ्चालन गर्न प्रमुख थापाले निर्देशन समेत दिर्ईएको छ । जस्पुरका किराना तथा खाद्यान्न पसल, होटल, चाउमिन उद्योग, कपडा पसल, स्नोकर हाउस, तरकारी तथा फलफुल पसल लगाएका सम्पूर्ण खालका पसलहरु अनुगमन गरिएको उनले बताए । अनुगमनमा सहभागी कर कार्यालय प्यूठानका प्रमुख रामहरी मरासनीले पसल सञ्चालन गर्दा अनिवार्य दर्ता भएको हुनु पर्ने भन्दै दर्ता नगरि सञ्चालन गरेका पसलहरुले एकहप्ता भित्र दर्ता गरिसक्नु पर्ने बताएका छन् । उता बुधवार विजुवारमा गरिएको अनुगमनमा पनि ठूलो परिणाममा म्याद गुज्रीएका सामाग्री बरामत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामोसमयसम्म भएको बन्दाबन्दीका कारण बजारमा म्याद गुज्रीएका खाद्यसामाग्री विक्रि वितरण गरेको भन्ने गुनासो आउन थालेपछि जिल्ला स्तरीय डिसीसिएमसीको निर्णय अनुसार बजार अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा बजार क्षेत्रमा सामाजिक दुरी कायम भए नभएको, सेनिटाईजर मास्कको प्रयोग भए नभएको, व्यवसायिकहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको हेरिएको छ । त्यस्तै बजारमा म्याद गुज्रिएका, कालोबजारी जस्ता कामहरु भएका छन या छैनन भनि हेर्ने काम गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । अनुगमनका क्रममा म्याद गुज्रीएका सामाग्रीहरु भेटिएमा नष्ट समेत गरिएको उनले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी अर्थात प्रशासनको एक जना कर्मचारी, सम्बन्धित स्थानीय तहको एक जना कर्मचारी, उद्योग बाणिज्य संघको प्रतिनिधि, प्रहरी, पत्रकार लगाएतको उपस्थितीमा बजार अनुगमन गरिएको भुसालले बताए ।
हालसम्म जिल्लाका बाग्दुला, विजुवार र आज जस्पुर बजार क्षेत्रमा अनुगमन गरिएको छ, प्रजिअ भुसालले भने, –‘ जिल्लाका अन्य ठूला बजारसंगै ग्रामिण क्षेत्रमा पनि बजार अनुगमन गर्नेछौँ ।’ प्राय ः ग्रामिण क्षेत्रमा बजार अनुगमन गरिएको हुन्न तर ग्रामिण क्षेत्रमा पनि म्याद गुज्रीएका सामाग्री जाने र बेच्ने संभावना बढी हुने हुदाँ यस क्षेत्रका बजारमा पनि अनुगमन गरिने उनकोे भनाई छ । यससंगै जिल्लामा पेट्रोलियम पदार्थ प्राय अभाव हुने हुदा समय समयमा अनुगमन गरी नियमित गर्नु पर्ने स्थानिय उपभोक्ताहरु बताउछन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top