शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

योगदान राष्ट्रका लागि संस्थाको अन्तरक्रिया कार्यक्रम , केसीको अध्यक्षतामा २० सदस्यीय समिति गठन


प्युठान,१७ असोज ।
प्युठानमा योगदान राष्ट्रका लागि (सिएफएन) संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला संयोजक सुनिता केसीको अध्यक्षतामा प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहबाट यूवा यूवतीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संयोजक केसीले संस्थाको उदेश्यबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।
यस संस्था बिधिबत रुपमा २०७७ असोज ५ गते दर्ता भएको हो । यसको सस्थापक अध्यक्ष ॐ उप्रेती हुनुहुन्छ । उप्रतीले बिगत केही वर्ष पहिले देखी नेपालका पश्चिमी जिल्लाहरुमा सामाजिक कार्य गर्दै आउनुभएको थियो । पछि पश्चिमी क्षेत्रसंगै नेपालका सबै जिल्लामा यो संस्थालाई बिस्तार गर्दै आउनुभएको छ । केही समय पहिले नेपालका विभिन्न क्षेत्रमा संस्थाको संयोजक तोकिएको थियो । हाल विभिन्न जिल्लामा कार्यसमिति सदस्य गठन गर्दै आईएको छ ।


संस्थाले स्वास्थ्य क्षेत्र अन्तर्गत प्राथमिक उपचार, सरसफाई, जनचेतना लगाएतका कामहरु गर्ने जिल्ला संयोजक केसीले बताउनुभयो । त्यस्तै दैबीक प्रकोपमा योगदान गर्ने, स्वयंमसेवकको भूमिका निर्वाह गर्ने, आगोलागी, बाढीपहिरोबाट बच्ने उपायहरुका बारेमा तालिम सञ्चालन गर्ने लगाएतका कार्यहरु गर्ने उहाँको भनाई छ ।


अन्तरक्रिया कार्यक्रमले प्युठानमा केसीको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा मधुसुदन पोख्रेल, महिला उपाध्यक्ष पुजा भुसाल, सचिव सागर रिजाल, सहसचिव मिना सुनार, कोषाध्यक्ष गिता खत्री चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपक भारती, अनिल खत्री, रामबहादुर गिरी, जीवन विश्वकर्मा, सुवास वि.क., रिता राउत, ओमबहादुर चर्तीमगर, भुवन केसी, सन्देश घर्ती, रोशन केसी, लक्ष्मी पोख्रेल, हिरा सापकोटा, माधव पोख्रेल र लक्ष्मी घर्तीमगर चयन हुनुभएको छ । त्यस्तै संस्थाको संरक्षकमा बासुदेव गिरी र बिमलप्रसाद पोख्रेललाई चयन गरिएको छ । नवनिर्मीत समितिले आउदो शनिवार असोज २४ गते संस्थाको आयोजनामा प्युठान अस्पताल विजुवारमा रक्तसञ्चार कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको अध्यक्ष केसीले बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top