शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

डा. केसीको समर्थनमा प्यूठानमा प्रदर्शन


प्यूठान । डाक्टर गोविन्द केसीको समर्थनमा प्युठानमा प्रदर्शन भएको छ ।
डाक्टर केसीका पक्षमा उभिका सर्मथकहरुले सोमबार प्यूठानमा नगरपालिका ४ नयाबजार जुम्रीमा प्रदर्शन गरेको हुन् । Nepal Revolutionary Youth Society (NRYS) मा आवद्ध युवाहरुले डाक्टर केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नु पर्ने भन्दै विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको सुरेश बुढा मगरले बताए । ‘डाक्टर केसीको अनसन मेडिकल माफियाको टेन्सन, लुटतन्त्र बन्द गर, गोविन्द केसीको माग पूरा गर, गोविन्द केसीको जीवन रक्षा गर, स्वास्थ्यको नाममा लुट पारदर्शिता खै सरकार ? सरकार निद्राबाट व्यूझिएन, एउटा डाक्टर मर्नु पर्ने हो ? डाक्टर अनसन बस्नु पर्ने यही हो समाजवाद ? कार्णलीमा सिटामलको अभाव छ, सरकार खै कता गायव छ ?’ जस्ता नारा लेखिएका पर्चा प्रदर्शनकारीले बोकेका थिए ।
मेडिकल क्षेत्रमा देखिएका विकृति विसंगति विरूद्ध आवाज उठाउँदै आएका डा केसीको यो १९ औं सत्याग्रह हो । भदौ २९ गतेदेखि जुम्लामा १९ औं अनसन सुरु गरेका केसी ९ औं दिनको दिन काठमाडौं आएर त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बसेको समेत उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top