शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सातौ परिवार योजना दिवस प्युठानमा पनि मनाईयो


प्युठान,२ असोज ।
‘कोभिड १९ को अवस्था, गुणस्तरीय परिवार योजना सेवाको निरन्तरता’ भन्ने मुल नाराकासाथ सातौं परिवार योजना दिवस प्युठानमा पनि मनाईएको छ । प्युठान नगरपालिकाको आयोजना तथा आड्राको सहयोगमा प्युठान नगरपालिका वडा नं २ स्थित कन्याकुमारी प्राथमिक विद्यालय दाखाक्वाडीमा एक अन्र्तक्रिया कार्यक्रम गरी दिवस मनाईएको हो ।
प्युठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द्र घिमिरे, स्वास्थ्य शाखामा कार्यरत दधिराम सुवेदी, बसन्ता अधिकारी, मेरी स्टोप सेन्टर प्युठानका प्रमुख कृष्ण केसी, स्वयंमसेविका, लगाएतको उपस्थितीमा उक्त कार्यक्रम गरिएको आड्रा नेपालका कार्यक्रम संयोजक जुना सारुमगरले जानकारी दिनुभयो । कार्यक्रममा अनिश्चित गर्भधारण रोक्न, उपयुक्त जन्मान्तर कायम राख्न, लैंगिक समानता र अधिकारका लागि, आमा र बच्चाको स्वास्थ्य सुधार गर्न, शिक्षा र आर्थिक उपार्जनका लागि र परिवार जीवनस्तर सुर्धानका लागि परिवार योजना आवश्यक रहेका बारे चर्चा गरिएको थियो ।


आड्राले विगत दुई वर्षदेखि प्युठानका ९ वटै स्थानीय तहमा परिवार योजना ईम्पलान्ट(५वर्ष) र आयुसिडी (१२वर्ष) साधनहरुलाई निरन्तरता दिईरहेको छ । त्यस्तै यस मार्फत स्वास्थ्य सेवा सुदृढीकरणका लागि ९ वटै स्थानीयतहहरुमा सेवा प्रदान गर्दै आएको समेत कार्यक्रम संयोजक मगरले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top