शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

घरेलुमा उद्योग दर्ता शुल्क सतप्रतिशत छुट


राधिका भुसाल 

प्यूठान  । घरेलु तथा साना उद्योग विकास समितिमा उद्योग अन्तरगतका फर्महरु निशुल्क दर्ता हुने भएका छन् ।
आर्थिक वर्ष ७७÷७८ मा दर्ता हुने उद्योग अन्तरगतका फर्महरुलाई शुल्क नलाग्ने भएको हो । प्रदेश सरकार प्रदेश नं. ५ को आ.व. २०७७÷०७८ को बजेट वक्तव्यको बुदा नं. २७८ मा व्यवस्था भएअनुसार ‘आ.व. २०७७÷०७८ मा दर्ता हुने लघु, घरेलु तथा साना उद्योगहरुको दर्ता गर्दा लाग्ने दस्तुर पूर्ण छुट गर्ने’ निर्णय भएको घरेलु तथा साना उद्योग विकास समिति प्यूठानका प्रमुख खेम बहादुर थापाले बताए । प्रदेश नं. ५ मन्त्री परिषद्बाट मिति २०७७ भाद्र ११ गते भएको निर्णय अनुसार उद्योग दर्तामा छुट गएिको प्रमुख थापाले जानकारी दिए । सोही निणर्य पश्चात उक्त निर्णय कार्यान्वयनको लागि लिखित पत्र आएसंगै उद्योत दर्तामा लाग्ने ५ हजार रकम छुट दिएको थापाले बताए । उनका अनुसार प्रदेश ५ का सबै जिल्लामा लागु हुने गरि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्णय गरेको हो ।
जिल्लामा शुक्रबार देखि आज आइतबारसम्म ९ वटा फर्महरु निशुल्क दर्ता भइसकेको समेत उनले जानकारी दिए । कोरोना भाइरस कोभिड १९ को कारण छुट गरेको हुन सक्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top