बुधबार, असार ३, २०८३ | Wednesday 17th June 2026

बाल सञ्जालद्धारा डिएसपी कार्कीलाई विदाई


 राधिका भुसाल
प्यूठान । जिल्ला बाल सञ्जाल प्यूठानले डिएसपी नरेन्द्र कुमार कार्कीलाई शनिवार विदाइ गरेको छ । करिब १३ महिना जिल्ला प्रहरी कार्यालय प्यूठानको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरिक्षक कार्कीलाई माण्डवी गाउँपालिका ३ जस्पुर प्रहरी बिटमा विदाइ समारोह आयोजना गरि विदाइ गरेका हो ।
डिएसपी कार्की जिल्लामा रहंदा सुरक्षा क्षेत्रलाई बालमैत्री वातावरण बनाउनुका साथै बाल सरोकारका विषयहरुलाई विशेष रुपले सम्बोधन गरेकोमा खुसी व्यक्त गर्दै जिल्ला बाल सञ्जाल प्यूठानका सचिव पारश बुढाथोकीले आगामी कार्यकाल सफलताको शुभकामना दिएका छन् । ‘हामीले असल अभिभावक गुमाएकोमा दुखी छौं’ सञ्जालका सचिव बुढाथोकीले भने–‘तर, पर्सा जिल्लाका बालबालिकाले असल अभिभावक पाएका छन् यसमा फेरिखुसी छु ।’ उनले प्यूठानबाट सरुवा भइ पर्सा जिल्ला जादै गरेका डिएसपी कार्कीलाई त्यहाँ पनि बाल मैत्री सुरक्षा समयन्त्र बनाउनको लागि आग्रह समेत गरेका छन् । बाल सञ्जालले प्रशंसा पत्र हस्तान्त्रण गदैं कार्कीलाई विदाइ गरेको हो । प्यूठानलाई कर्मथालो बनाउदा सबै पक्षको राम्रो सहयोग पाएको प्रहरी प्रमुख कार्कीले बताए । ‘अझै धेरै काम गर्ने चाहाना थियो’ उनले भने ‘विश्वलाई नै स्वास्थ्य क्षेत्रमा चुनौती दिएको कोरोना भाइरसले गर्दा कतिपय कार्य अधुरै छन् ।’ आफुले जिल्ला रहंदा शान्ती सुरक्षा कायम गरि अपराधको नियन्त्रण, माहामारी नियन्त्रणका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण प्यूठानवासी नागरिकहरु प्रति आभार व्यक्त गरेका छन् ।
यसै बीच जस्पुर बजार व्यवस्थापन समिति प्यूठानले पनि विदाइ गरेको छ । डिएसपी कार्कीलाई सम्मान स्वरुप खादा तथा फुलमाला अर्पण गर्दै सामाजिक क्रियाकलाप, शान्ती सुरक्षा एवं जनता र प्रहरी बीचको समझदारीले एउटा नयाँ आयाम थपिएको समितिका अध्यक्ष लव कुमार अधिकारीले बताए । यससंगै होटल व्यवसाय संघ माण्डवी इलाका जस्पुर अध्यक्ष बसन्त श्रेष्ठले आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top