शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

प्युठानमा एक व्यक्ति मृत अवस्थामा फेला


प्युठान,२१ भदौ ।
प्युठानमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको प्युठान नगरपालिका वडा नं ८ माथिल्लो दम्तीमा सोही ठाउँका ५९ वर्षिय चाकुरे कुमाल आज विहान करिब ७ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
कुमाल घरदेखि करिब चार सय मिटर टाढा मकैबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडे्लले जानकारी दिए । मृतकको शवलाई प्रारम्भिक कार्यपछि पोष्टमार्टमका लागि प्युठान अस्पताल विजुवार पठाईने सुचना अधिकारी पौडेलले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top