
यही भूमि र माटो सिर्जनाले भर्ने मेरी आमा
हृदय भरी न्यानो मायाँ छर्ने उहाँ मेरी आमा
यही भूमिमा नाता गासी बस्ने मेरी आमा
त्यो सबै तातो चिसो खपी सहि बस्ने मेरी आमा
त्यो दिन घामसंगै विहानीमा झुल्ने मेरी आमा
पहॉड भिर पाखा सधै भरि डुल्ने मेरी आमा
उहॉको एक पटक गन्तब्य पुरा गर्नु पर्ने मैले
असल पुत्र बनि कहिले आसु पुछ्ने मैलै
मलाई जन्माउदा हासि हासि मर्ने मेरी आमा
म काखमा बस्दा सुमसुमाउने सधै मेरी आमा
सधै दुःखी हुदा सिर छुने पहिलो मेरी आमा
हातमा छोपी डुलाउनेनी पहिलो मेरी आमा
घरमा मलाई ज्ञान दिने पहिलो मेरी आमा
खोला र बाढीसंग लडिबुडी खेल्ने मेरी आमा
शिक्षा बुद्धि ज्ञानको ज्योती छरिदिने मेरी आमा
यहि ऐरावतीमा जन्म दिने एक मेरी आमा
केशव सामत ऐरावती गाउँपालिका वडा नं ३ अर्झाम ।
कमेन्ट गर्नुहोस !