शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

अराजक युवाहरूको कुटाईबाट बालकको हात भाचियो , अराजकता दोहोराईरहदा सिधै जिल्ला चलान ः इप्रका


झईन्द्र भण्डारी
प्युठान,१९ भदौ ।
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ तापा प्यूठानका युवाहरूले कुटपिट गर्दा भदौ १८ गते साझ एक बालकको हात भाचिएको छ भने बालकको आमा र अर्का युवा घाईते भएका छन ।  सिल गरिएको वडाका युवाहरू वडा नम्बर ४ मा आएर स्वर्गद्वारी नगरपालिका वडा नम्बर ८ बर्जिबाङ्गका १२ वर्षीय रञ्जित अधिकारी घरमा दुर्घटना हुँदा एउटा हात भाचिए पछि उपचारको लागि अस्पताल जाँदै गर्दा मादक पदार्थ सेवन गरेका युवाहरूले गाडीबाटै थुतेर बिना कारण कुट्दा अर्को हात भाचिएको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले जनाएको छ ।
बालकको भाचिएको हातको उपचार गर्नका लागि स्थानीय टेक बहादुर थापा र बालककी आमाले उपचार गर्नको लागि लैजादै थिए त्यही क्रममा स्वर्गद्वारी मन्दिर जाने गेट नजिकै मादक पदार्थ सेवन गरेका युवाहरूले बिनाकारण गाडी रोकेर होहल्ला गरि न्यु खोज्छौं भन्दै टेक बहादुर थापा , बालककी आमा र बालक रञ्जितलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालयका प्रमुख बुद्धी रानाले जानकारी दिए ।
कुटपिटबाट एउटा हात भाचिएका बालक रञ्जितको अर्को हात पनि भाचिएको र आमा अनि साथमा आएका थापा सामान्य घाइते भएपछि उनीहरूलाई उपचारको लागि अस्पताल पठाईएको छ भने कुटपिटमा संलग्न तापाका युवाहरू प्रकाश नेपाली , सन्तोष नेपाली , राजकुमार नेपाली र अनिल कुमार नेपालीलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरि भिङ्ग्री चौकीमा ल्याएर मेडिकल गरि सिधा जिल्ला प्रहरी कार्यालय प्यूठान चलान गरिएको छ ।
ईलाका प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न युवाहरूले पहिले पनि पटकपटक यस्ता अमानवीय व्यवहार तथा अराजक क्रियाकलाप गर्दा चौकीमा ल्याईको तर जनप्रतिनिधि आएर छुटाउने गरेका थिए । हरितालिका तीजको समयमा त ड्युटीमा खटिएका प्रहरीलाई नै हातपात गरेका यी युवाहरूलाई जनप्रतिनिधि नै आएर छुटाएर लगेको प्रहरीले बताएको छ ।
सुध्रीन्छन कि भनेर छोडिएका यी तापाका युवाहरूले फेरि पनि अराजक घटना घटाएपछी अहिले कसैको कुरा नसुनी कोहि आफन्त लगाएतका कोहि आई नपुग्दै तत्काल जिल्ला पठाईएको छ ।
आरजक क्रियाकलाप गर्ने दादागिरी मच्चाउने यस्ता समूहलाई जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूले नै प्रहरी चौकी आएर छुटाउने गर्नाले आडभरोसा पाएरै यस्ता क्रियाकलाप दोहोरीरहने स्थानीयको गुनासो छ

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top