शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

जन्मदिनको अवसरमा बहिरा दम्पतीको घर निर्माणका लागि १० हजार रुपिँया सहयोग


प्युठान,१९ भदौ ।
प्युठान नगरपालिका वडा नं २ क्वाडी स्थायी ठेगाना भई हाल नर्वे बस्दै आउनुभएका भरतमणी पौडेलले आफ्नो जन्मदिनको अवसरमा बहिरा दम्पतीको घर निर्माणका लागि १० हजार रुपिँया सहयोग गर्नुभएको छ । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको सट्टा आर्थिक अभावमा घर निर्माणमा समस्यामा परेका माण्डवी गाउँपालिका वडा नं ३ नयाँगाउँका बहिरा दम्पती एकराज /रेसमा अधिकारीको घर निर्माणका लागि केहि सहयोग पुग्ने उदेश्यले आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो । विभिन्न सामाजिक सञ्जालमा एकराजको परिवारको अवस्था देखे, उहाँले भन्नुभयो,–‘मेरो थोरै सहयोगले भएपनि उहाँको घर निर्माणमा सहयोग पुर्याउने आशा लिएको छु । ’ जन्मदिन मनाउने खर्च कटाएर सामाजिक काम स्वरुप एकराजको घर निर्माणमा सहयोग गरेको उहाँँको भनाई छ । पौडेलले आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जाने बताउनुभएको छ ।
पौडेलसंगै विभिन्न व्यक्तिहरुले अधिकारी दम्पतीको घर निर्माणमा सहयोग गर्दै आएको घर निर्माणका लागि अभियान चाल्नु भएका सामाजिक अभियान्ता हरि बस्नेतले बताउनुभयो । उहाँका अनुसार दुवैजना दम्पती वोल्न नसक्ने अंपाागता भएका एकराज/रेश्मा अधिकारीको घर निर्माणका लागि सहयोगस्वरुप नगद रु ४५ हजार एक सय रुपिँयाको प्रतिवद्घता साथै आवश्यक ग्रिल, रंगरोगन तथा पेन्टका लागि सहयोगदाताहरुले प्रतिवद्घता रहेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top