
प्युठान,१९ भदौ ।
प्युठान अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि बन्द रहेको स्वास्थ्य सेवा विहिवारदेखी सुचारु भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि भदौ ११ गतेदेखि इमरजेन्सी र प्रसुती सेवा बाहेकका सेवा बन्द गरिएको थियो ।
विहिवारदेखी ओपिडी सेवा सुचारु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सबु काफ्लेले जानकारी दिईन् । उनका अनुसार शुक्रवार (आज) देखी अन्य सबै प्रकारका स्वास्थ्य सेवाहरु सुचारु हुने छन् । कन्ट्याक्ट ट्रेसिङ गरेर अरु स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ देखिएपछि सेवा सुचारु गरिएको उनले बताईन् । पाँच जनाको रिर्पोट भने आउन बाँकी रहेको उनको भनाई छ ।
कमेन्ट गर्नुहोस !