
झईन्द्र भण्डारी
प्यूठान, १८ भाद्र । प्यूठानका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भाद्र १६ गते कोरोना पोजेटिभ देखिएकका स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको गौतम बुद्ध अस्पताल बुटवलमा उपचारको क्रममा गय राती मृत्यु भएको नगरपालिका स्वास्थ्य संयोजक दल बहादुर के सीले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या देखिपछि उहाँलाइ उपचारका लागि भाद्र १० गते बुटवल लगिएको थियो । उपचारका क्रम भाद्र १५ गते पिसिआर परिक्षणका लागि स्वाव संक्रलन गरिएको र भाद्र १६ गते पोजेटिभ रिपोर्ट आएको थियो । उहाँमा जन्डिस, फोक्सोको समस्या रहेको स्वास्थ्य संयोजक केसीले बताउनुभयो । यससँगै कोरोना संक्रमणबाट प्यूठानका २ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !