
प्युठान,१५ भदौ।
जिल्ला स्तरीय आइसोलेसन केन्द्रको उद्घाटन गरिएको छ । हाललाई ५० बेड क्षमताको आइसोलेशन केन्द्रको सोमबार जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख पदम थापाले उद्घाटन गरेका हुन् । प्युठान नगरपालिका वडा नं. ४ स्थित जेष्ठ नागरिकको भवनमा आइसोलेशन केन्द्र बनाइएको हो । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा जोखिमको सम्भावना बढ्दै गएपछि केन्द्र सञ्चालन गरिएको बताए । जिल्ला स्तरमा २ सय बेडको आइसोलेसन बनाउन सरकारले आग्रह गरेपनि हालको लागि ५० बेडको आइसोलेसन बनाइएको उनको भनाई छ । आवश्यकता अनुसार ७०बेड समेत राख्न सकिने छ ।
केन्द्र सञ्चालन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका उपप्रमुख थापाले कोरोना संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनका लागि एक चरणको काम पुरा भएको बताए । उनले जिल्लाका सवै सरोकारवालाको समन्वय र सहकार्यमा काम अघि बढेको बताए ।
आईसुलेसन केन्द्र सञ्चालनका लागि मापदण्ड अनुसार सुरक्षा, एम्बुलेन्स,सववाहन, स्वास्थ्यकर्मी लगाएत आवश्यक पूर्वाधारको समेत व्यवस्थापन गरिएको छ।
कमेन्ट गर्नुहोस !