शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

चेरनेटा–चिन–जाबुने सडकखण्ड अवरुद्ध


प्रेमबहादुर विश्वकर्मा
प्युठान, १५ भदौ । बर्षातको समयमा सवारीसाधन नचल्दा ऐरावती गाउँपालिका वडा नं.४ सिख्रे,तिग्रापातल,तिल्केनी,चुत्रेनी र ऐरावती–३ जाबुने समेतका जनताहरुले समस्या भोग्दै आएका छन् ।यहा हिऊँदको समयमा जनतन सवारीसाधन आवतजावत गरेता पनि वर्षातको समयमा सवारीसाधन चल्दैनन् । पानी परेको दिनमा यातायात ठप्प हुने समस्या यथावत नै थियो अझ आर्थिक वर्ष०७३/०७४ बाट सडक डिभिजन कार्यालय प्युठानले माण्डवी र ऐरावती गाउँपालिका जोडने चेरनेटा–चिन–जाबुने सडक खण्ड स्तरोन्नती गर्न लागेपछि स्थानीय जनताको पिडा झन थपिएको हो ।
सुरुमा माटो र ढुंगाको उचित व्यवस्थापन भएन,ठेकेदारले चरम लापारवाही ग¥यो भन्दै आन्दोलन गरी तिग्रापातलका जनताहरुले इलाका वन कार्यालय बरौलामा मौखिक निवेदन दिएपछि रोकिएको काम उनीहरुको माग पुरा गर्ने सर्तमा पुनःसञ्चालन भएको थियो ।
बर्षातको समयमा पानीको मात्रा बढेसँगै नयाँ सड्क भत्किनुका साथै पहिरो जान थाल्यो । बर्षातको कारण माटो,ढुंगा अत्यधिक मात्रामा खोलामा मिसिन गई मानविय अस्तित्व नै संकट पार्नुका साथै,पसल बगायो,बाच्नै गाह्रो भयो भन्दै तिग्रा,धुवाङ्ग,कैरन बस्तीका जनताहरुले विरोध गरेपछि रोकिएको काम अझै सुचारु हुन सकेको छैन ।
सडकको स्थिति अत्यन्तै नाजुक हुदा मोटरसाईकल समेत जान सक्ने अवस्था समेत नभएको स्थानिय तिल्केनी टोल विकास संस्थाका अध्यक्ष सञ्जितकुमार गुरुङ्ग(नविन) ले बताए। गाउँघरमा कोही बिरामीलाई अस्पताल पु¥याउन समेत निकै कठिन छ , उनले भने,–‘बिरामीलाई जाबुनेबाट घुमाएर अस्पताल लैजानुपर्दा समस्या भएको छ ।’ सड्कको दुरी लामो हुँदा एम्बुलेन्स भाडा महंगो हुनुका साथै जिल्ला अस्पतालमा पुग्दा कहिले ओ.पि.डी. बन्द भैसक्ने त कहिले ढिलो पुग्दा अत्यधिक भिडले नीजि मेडिकलमा जानु पर्ने बाध्यता रहेको गुरुङ्गले दुखेसो पोखे। घुमाउरो सड्कबाट लिउनुको सट्टा कहिलेकाही त यहाँका जनताले स्टेचरमा बोकेर समेत बिरामी अस्पतालसम्म ल्याउन बाध्य छन् ।
सड्क डिभिजन कार्यालय प्युठानबाट आर्थिक वर्ष ०७३/०७४ बाट यहाँ सड्क स्तरउन्नतीको कार्य थालनी गरिएको हो । करिब १९ कि.मि.सडकको स्तरोन्नति गर्ने भनि ८ करोड बजेट परेकोमा हालसम्म करिब ४ करोड बराबरको काम भैसकेको सडक डिभिजन कार्यालय प्युठानका ईन्जिनियर अर्जुन खत्रीले बताए । वर्षातको समयमा चौतर्फी विरोध भएपछि केहि समय काम स्थगित गरिएको उनले बताए । १९ किलोमिटर कटिङ्ग सहित ६ किलोमिटर ग्राभेल गर्ने भनि अगाडी बढाइएको काम मध्ये आर्थिक वर्ष ०७६/०७७ मा करिब १ करोडको काम भएको उनले बताए । साथै वर्षात कम भए लगत्तै काम शुरु गर्ने र निरन्तर सामान्य अवस्थामा काम गर्न मिले यहि आर्थिक वर्षमा काम सक्ने उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top