शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

ग्रामिण क्षेत्रमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसँगै माक्स वितरण


प्यूठान, भाद्र ११ ।

युवा हित मञ्च प्यूठान र मदन भण्डारी स्पोट्र्स एकेडेमी जिल्ला शाखा प्यूठानको संयुक्त आयोजनामा प्यूठान नगरपालिका ८ का विभिन्न स्थानमा माक्स वितरणकोरोना विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
प्यूठान नगरपालिका ८ र इलाका प्रहरी कार्यालय बाग्दुलासङगको समन्वयनमा प्यूठान नगरपालिका ८ का दप्ती, शान्तिवजार, बस्ति र कुमाल बस्तीमा जनचेतनामुलक अभियान र माक्स वितरण गरेको युवा हित मञ्च प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो । मञ्चले विभिन्न संस्थाको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको र अन्य स्थानमा पनि क्रमश कार्यक्रम गरिदै जाने पोख्रेलले बताए ।


प्रहरी तथा विभिन्न संस्थाको साझेदारीमा कोरोनावाट वच्न र वचाउनका लागि गाँउगाँउमा गएर सचेतना मुलक अभियान सञ्चालन गरिरहेको मदन भण्डारी स्पोट्र्स एकेडेमी जिल्ला शाखा प्यूठानले जनाएको छ ।
निषेधाज्ञाको समयमा डिसिसिएमसिले दिएको निर्देशन पालना गर्न अनुरोध गर्न आग्रहसमेत गरिएको हित मञ्चका अध्यक्ष पोख्रेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top