आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

गाउँपालिका कर्मचारी, मृतकको परिवारका सदस्यसहित ४ जनालाई कोरोना संक्रमण


प्यूठान, ११ भाद्र । प्यूठानमा कोरोनाबाट मृत्यु भएका परिवारका सदस्य सहित ४ जनालाई कोरोना पुष्टि भएको छ ।
विहिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा परिक्षणमा प्यूठानका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गले जनाएको छ । प्रतिष्ठानका अनुसार संक्रमितहरु स्वर्गद्वारी नगरपालिकाका ३ जना र मल्लरानी गाउँपालिका रहेका छन् ।
स्वर्गद्वारी नगरपालिका ३ जना संक्रमित मध्ये २ जना क्वारेन्टाइन मै रहेको र १ जना कोरोनाबाट मृत्यु भएका पुरुषको परिवारका सदस्य रहेको गाउँपालिका स्वास्थ्य संयोजक दल बहादुर के सीले जानकारी दिनुभयो । मृतकको परिवारलाइ कोरोना देखिएपछि उक्त घर शिल गरिएको स्वास्थ्य संयोजक के सीले प्यूठान समाचारलाई वताउनुभयो ।

यस्तै मल्लरानी गाउँपालिका संक्रमित गाउँपालिकाको कर्मचारी रहेका गाउँपालिका स्वास्थ्य संयोजक पारस शाहीले जानकारी दिनुभयो । गाउँपालिका ४५ स्वाव परिक्षणका लागि पठाइएको १ जनाको पोजटिभ देखिएको र अन्यको नेगेटिभ देखिएको उहाँको भनाई छ । गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोरोना देखिपछि गाउँपालिका शिल गर्ने नगर्ने भन्ने विषयमा बैठक वसिरहेको स्वास्थ्य संयोजक शाहिले प्यूठान समाचारसँग वताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top