शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

शुक्रवार देखि प्यूठानमा निषेधाज्ञा


प्यार अलि खाँन
प्युठानमा भाद्र १२ गते शुक्रबार देखि १ हप्ताको लागि निषेधाज्ञा जारी हुने भएको छ।
विहिवार बसेको जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन समितिको वैठकले १ हप्ता पूर्ण रुपमा प्यूठान बन्द गर्ने निर्णय लिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिए। ‘समुदाय स्तरमा लक्षण सहितका कोरोना संक्रमित भेटिए’ भुषालले भने, –‘प्रहरी, स्वास्थ्यकर्मी, वित्तिय संस्थाका कर्मचारीहरुमा पनि संक्रमण भेटिन थाल्यो, कन्ट्याक्टिेसिङ र परिक्षणको दायरालाई बढाउँछौ ।’
अत्यावश्यक वाहेक खाधान्न तथा तरकारी फलफुल पसललाई विहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सुरक्षा तथा स्वास्थ्य मापदण्ड पुरा गरि संचालन गर्न दिईने छ । मापदण्ड पुरा गरे वा नगरेको अवस्थालाई निरिक्षण गर्न म आफै फिल्डमा खट्ने छु ,प्रजिअ भुसालले भन्नुभयो,–१५ गते सम्म पूर्व घोषित बन्दाबन्दीलाई भाद्र १८ गते लम्बाईएको छ । ’ जिल्लामा ४ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरिक्षक पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top