सोमवार, असार १, २०८३ | Monday 15th June 2026

माण्डवी गाउँपालिकाको भवन शिलान्यास


प्यूठान, १० भाद्र । माण्डवी गाउँपालिकाको प्रशासनिक भवन बन्ने भएको छ ।
बुधबार प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले भवनको शिलान्यास गरेसँगै निर्माण कार्य अघि बढेको हो । माण्डवी गाउँपालिका–३ जस्पुरमा निर्माण हुने भवनको लागत भ्याट बाहेक चार करोड ६६ लाख ६७ हजार ४१ रुपियाँ रहेको छ ।
भवन शिलान्यास गर्दै भवन निर्माण कार्य समयमै सम्पन्न गराउन रिजालले आग्रह गर्नुभएको छ । उहाँले जनतालाई प्रत्यक्ष रुपमा सेवा दिने सरकार स्थानीय सरकार भएको भन्दै सहज रुपमा सेवा प्रवाहका लागि भौतिक संरचनाले सघाउ पु¥याउने उल्लेख गर्नुभयो ।
भवन निर्माणको जिम्मा आँशु÷मल्लरानी÷पिपि जे।भीले पाएको छ । भवन निर्माणको लागि दुई वर्षको सम्झौता रहेको र सम्झौता अवधिभित्र निर्माण कार्य पुरा हुने निर्माण व्यवसायी बालाजु श्रेष्ठले बताउनुभयो ।
भवन बनाउन स्थानीयले १७ रोपनी जग्गा उपलब्ध गराएका थिए । करीव ९ रोपनी क्षेत्रफलमा भवन बन्न लागेको हो । गाउँपालिकाको केन्द्र विवादले भवन निर्माण समयमै हुन नसकेको भन्दै अव निर्माण कार्य अघि बढेको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । पालिका भवन बनेपछि जनतालाई सेवा प्रवाह गर्न सहज हुने उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top