शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

प्यूठानको जुम्रीबाट ११७ क्युफिट अवैध काठ वरामद


प्यूठान १० भाद्र । प्यूठान नगरपालिका–३ जुम्रीबाट अवैध काठ बरामद भएको छ । डिभिजन वन कार्यालय प्युठानले आज दिउँसो ११७ क्युफिट अवैध काठ बरामद गरेको हो ।
सिसौ, आँप र सल्लाको चिरान काठ ५२.९५ क्युफिट र सल्लाको गोलिया काठ ६४.२० क्युफिट बरामद गरेको डिभिजन वन कार्यालय प्यूठानका रेञ्जर हरि पौडेलले जानकारी दिनुभयो । स्वर्गद्धारी फर्निचर उद्योगबाट उक्त काठ बरामद भएको उहाँले बताउनुभयो ।
केहि थान फर्निचर भित्र र केहि थान फर्निचर परिसरबाट काठ बरामद भएको रेञ्जर पौडेलले बताउनुभयो । बरामद गरिएको काठको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । बरामद गरिएको काठ नियन्त्रणमा लिइएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top