सोमवार, असार १, २०८३ | Monday 15th June 2026

बजेट विनियोजन भएर पनि खानेपानी आयोजनाको काम शुन्य


प्रेमबहादुर विश्वकर्मा
प्युठान,१० भदौ ।
गत आर्थिक वर्ष ०७६/०७७ मा ऐरावती गाउँपालिका वडा नं ४ तिल्केनी, चुत्रेनी, तिग्रापातलका स्थानीयलाई खानेपानीको सहज पहुँचका लागि बजेट विनियोजन भएर पनि आयोजनाको काम भने भएन् । कैयौ स्थानबाट प्रसस्त बजेट विनियोजन भएपनि कागजमै बजेट सिमित रही काम नभएको यहाँका स्थानीयहरु बताउछन् । गत स्थानीय तहको निर्वाचनमा खानेपानी पु¥याउने नारा लिएपनि हालसम्म खानेपानी नहुँदा जनप्रतिनीधि हराएको यहाँका स्थानीयले आवास गरेका छन् । कतै यो खानेपानीको नारा अर्को चुनावमा समेत नाराकै रुपमा रहने देखीएको स्थानीय भविन रानाले बताए । खानेपानीको सहज पहुँच आगामी चुनाव भन्दा पहिले नहुने हो भने स्थानीय चुनाव समेत हुन नदिई आन्दोलनमा उत्रने स्थानीयहरुको चेतावनी रहेको उनको भनाई छ ।
उता गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले तिल्केनी, चुत्रेनीको खानेपानीको समस्यामा आफु निकै गम्भिर बनेको बताए । चुनावी घोषणापत्रमा आफ्नो कार्यकालमा खानेपानीको समस्या समाधान गर्ने उल्लेख समेत गरिएको उनको भनाई छ । सोही अनुसार गत आर्थिक वर्ष ०७६/०७७ मा ५ नं प्रदेश सरकारको समपुरक अनुदानबाट ६५ लाख रुपिँया र गाउँपालिकाबाट ६५ लाख गरी एक करोड ३० लाख रुपिँया बजेट विनियोजन भए पनि विविध कमजोरीले खानेपानी आयोजनाको काम हुन नसकेको उनले बताए । परामर्शदाताबाट बनाईएको डिपीआरमा कैयौ प्रकारका त्रुटी, , दुई वटा मुलमध्ये कुनबाट पानी लैजाने विवाद, कर्मचारी समायोजन, दक्ष प्राविधिकको अभाव, कार्यालय प्रमुखको सरुवा, पछिल्लो समय कोभिडको जोखीम बढनु लगाएतका कारणले काम हुन नसकेको उपाध्यक्ष बस्नेतको भनाई छ ।
चालु आर्थिक वर्षमा पनी ५ नं प्रदेश सरकारको समपुरक अनुदानबाट ६५ लाख रुपिँया र गाउँपालिकाबाट ६५ लाख गरी एक करोड ३० लाख रुपिँया बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा विवादमा रहेको मुलका विषयमा आवश्यक छलफल पश्चात काम सुरु गरिने उनले बताए । उनले भने,–‘आगामी वैशाख –जेठसम्म बस्तीमा पानी पु¥याउने छौ । ’
पानीको सहज पहुँच नहुँदा यहाँका स्थानीयहरुले घरदेखी करिब तीन घण्टासम्म पैदल हिडेर कुवाको पानी भरेर गुजारा चलाउदै आएका छन् । तिल्केनीका ९२ घर, चुत्रेनीका ५२ घर र तिग्रापातलका २७ घर गरी एक सय ७१ घरपरिवारका जनताले कुवाको पानी खादैँ आएको स्थानीयहरु बताउछन् । तिल्केनीका जनताले आफ्नो पायक पर्ने मैनरी, राखोला, भुतेखोला, कुडापानी लगाएतका कुवाबाट पानी लिई उपयोग गर्दै आएको तिल्केनी टोल विकास संस्थाका अध्यक्ष सञ्जीत कुमार गुरुङ (नवीन)ले बताए । हिउदमा जनतन कुवामा सफा पानी हुन्छ, बर्षातको समयमा भल पस्ने, कुवा भत्कने र पहिरो जाने हुदा वर्षातको समयमा धमिलो पानी पिउनु पर्ने उनले बताए । कसैले त आकाशबाट खसेको पानी जम्मा गरेर पनि उपयोग गर्ने गरेको उनको भनाई छ । त्यस्तै चुत्रेनीका भोटमान पुनले पनि वर्षातको समयमा कुवाको दुषित पानी समेत पिउन बाध्य भएको बताए ।
यस पहिले पश्चिम नेपाल खानेपानी परियोजनाले पनि पानी खुवाउने प्रतिवद्धता सहित बेतेनी लिफ्ट खानेपानी आयोजनाको डिपीआर तयार गरेपनि लागत धेरै लाग्ने भनी काम नभएको यहाँका स्थानीयहरु बताउछन् । दुईवटा मुलहरु बेतेनी र घ्वाङ्गखोला कुन मार्फत पानी लिफ्ट गर्ने भन्ने विषयले योजनाको काम सुरुवात नै नभएको स्थानीय भविन रानाले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top