
प्रेमबहादुर विश्वकर्मा
प्युठान, ४ भदौ ।
प्युठान नगरपालिका वडा नं २ मा रहेको अस्थायी प्रहरी वीट दाखाक्वाडीमा बाढी पसेको छ । बुधवारराती पानीसंगै सिर्सीखोला( चितीखोला)को बाढी वीटमा पसेको हो । राती साढे ११ बजेको थियो, वीटका ईन्चार्ज असई हरी बस्नेतले भन्नुभयो,–‘भर्खर सुत्नलाई पल्टेको थिए एक्कासी बाढी वीट भित्र पस्यो ।’ डिउटीमा रहेका प्रहरीले बाढी पस्यो भनेपछि आफुसंगै अन्य सुतेका प्रहरीहरु उठेको उहाँले बताउनुभयो । बाढी वीटमा पसेपछि कोठाहरुमा पानी संगै हिलो पसेको छ ।
पानी परेको केहि समयमै आएको बाढी वीटमा पसेपछि भौतिक संरचनामा असर गरेको उहाँले बताउनुभयो । साढे ११ बजेदेखी करिब २ बजेसम्म बाढी आएको थियो । यस भन्दा पहिले सानो खोला आएपनि यस पटक ठूलो खोला आउदा समस्या भयो, उहाँले भन्नुभयो,–‘वीटमा हिलो र पानी पसेपछि हामी रातभर जाग्राम बस्यौ ।’ कोठाहरुमा पानी र हिलो पसेपछि सामाग्रीहरु खाटमाथी राखेर बचाउन सफल भएको उहाँको भनाई छ । पानी परेको समयमा अब जोखीम हुन्छ, बस्नेतले भन्नुभयो, संरचनाको संरक्षण नहुने हो भने हामी यहाँ बस्न गाहे हुन्छ ।’ बाढीले वीट छेउमा रहेको जुत्ता सिलाउने एउटा ढेब्री समेत बगाएको छ ।

प्रहरी वीट संरक्षणका निम्ती जाली र मेसेनरी वाल निर्माणका लागि आर्थिक वर्ष ०७६/०७७ मा प्युठान नगरपालिकाबाट दुई लाख ५० हजार रुपिँया बजेट विनियोजन भएपनि केहि व्यक्तिले काम गर्न नदिएपछि काम हुन नसकेको वडा अध्यक्ष मुक्ती पोख्रेलले बताउनुभयो । खोलाको छेउमा वीट बनाउनुनै गलत भएको यूवा हित मञ्ज प्युठानका अध्यक्ष मुक्ती पोख्रेलले बताउनुभयो ।
उता प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बाढीले वीटमा असर पु¥याएपछि नगरपालिकाको व्यवस्थापनमा घर भाडामा लिई वीट राख्ने सहमती भएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘वीट नजिककै घरमा ४ वटा कोठा भाडामा लिई वीट राख्ने सहमती गरेका छौँ।’
कमेन्ट गर्नुहोस !