आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

प्यूठानमा कोरोना कारण एक व्यक्तिको मृत्यु


प्यूठान, ५ भाद्र । कोभिड–१९ का कारण प्यूठानमा एक जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–७ सोत्र निवासी ६४ वर्षीय एक पुरुषको कोभिड अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी एवं कोभिड १९ फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।

साउन ३२ गते कोभिड पोजेटिभ देखिएपछि उनलाई कोभिड हस्पिटल बुटवलमा उपचारका लागि रिफर गरिएको थियो । मृत्यु भएको व्यक्तिलाई मधुमेह, रक्तचाप लगायतको समस्या रहेको समेत उहाँले बताउनुभयो ।मृतक सुगर र प्रेसरका बिरामी समेत थिए ।

प्यूठानमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top