बुधबार, असार ३, २०८३ | Wednesday 17th June 2026

ऐरावतीमा विभिन्न पार्टी परित्याग गरी ९४ जना नेकपामा प्रवेश


प्युठान,३ भदौ ।
ऐरावती गाउँपालिकामा नेपाली काग्रेस र राष्टिय जनमोर्चा पार्टी परित्याग गरी ९४ जना नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । बुधवार वडा नं ५ स्थित सरङबेसीमा आयोजना गरिएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेको यूवा विद्यार्थी नेता प्रेमबहादुर विश्वकर्माले बताउनुभयो ।
प्रवेशीलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला कमिटि सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख पदम थापा, नेकपा ऐरावती गाउँपालिका संगठन कमिटीका ईन्चार्ज टिकाबहादुर गुरुङ, संगठन कमिटी अध्यक्ष बुद्धबहादुर बस्नेत, गाउँपालिका संगठन कमिटी सचिवालय सदस्य कृष्णा राउत, वडा कमिटी ४ का अध्यक्ष अर्जुनकुमार पन्थी लगाएतका नेकपा सम्बद्ध नेताले पार्टी सदस्यता दिई नेकपामा प्रवेश गराउनुभएको विद्यार्थी नेता विश्वकर्माले बताउनुभयो ।

स्थानीय यूवा विद्यार्थी नेता सुनिल पुनको सक्रियतामा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको विश्वकर्माको भनाई छ । नवप्रवेशीहरुले विकास निर्माणमा मनोमानी गर्न थालेको , आफ्नो मान्छे मात्र हेर्न थालेको, यूवाहरुलाई नसमेटेको जस्ता आरोप लगाउँदै नेकपामा प्रवेश गरेको जनाएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top