
राधिका भुसाल
प्यूठान । प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई होटल व्यवसायी संघ प्यूठानले एक कार्यक्रमका बिच स्वागत गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीको पदभार सम्हाल्न प्यूठान आएको भुसाललाई सोमबार संघले आफ्नै भवन विजुवारका परिचयात्म तथा स्वागत कार्यक्रमको आयोजना गरि स्वागत गरेको हो । भुसाल ललितपुर जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीबाट सरुवा भई प्युठान आएका थिए ।
कोभिड १९ का कारण व्यवसायिहरु आर्थिक अवस्था नाजुक भएको अवस्थामा व्यवसायीलाई सरल र सहज ढंगवाट काम गर्ने वातावरण मिलाउने भुसालले बताएका छन् । अर्थतन्त्रको मुख्य आधार भनेको होटल व्यवसायी भएकाले सहकार्य छलफल गरी अगाडि बढ्ने भुसालले बताए । होटल व्यवसायीहरुले पाहुनालाई दिने सेवा सुविधामा विशेष ख्याल गर्नुपर्ने समेत प्रजिअ भुसाले बताए । पैसा कमाउने मात्र नभएर सेवा गर्ने पनि माध्ययम भएकाले ग्राहकका लागि गुणस्तरीयतामा पनि ध्यानदिन आग्रह गरेका छन् । कोभिडका कारण धरासयमा परेका व्यवसायीलाई सहज र सरल ढंगबाट सहकार्य गर्न आफु तयार रहेको पनि भुसालको भनाई छ । 
कार्यक्रममा राष्ट्रिय अनुसन्धान आयोग प्यूठानका प्रमुख करम कोइराला, सस्त्र प्रहरी का डिएसपि योग्य राज बस्नेतलाइ समेत स्वागत गरेको छ । संघ अध्यक्ष गञ्ज बहादुर थापाले होटल व्यवसायीहरुको हालको अवस्था अत्यन्तै नाजुक भएको बताए । कार्यक्रमको उदेश्य र संघको अवस्था बारे जारकारी समेत गराएका थिए । संघका महासचिव बसन्त भण्डारीले सञ्चाल गरेको कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, तथा व्यावसायीहरुको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस !