
राधिका भुसाल
प्यूठान । ‘तपाईको मास्क खै’ अभियानले तिव्रता पाउदै गएको छ । सोमवार विजुवार बजार क्षेत्रमा मास्क वितरण कार्यक्रम गरिएको छ । मेघा फर्निचर उद्योगका प्रोप्राइटर एवं उद्योग वाणिज्य संघ प्यूठानका सदस्य सुर्यचन्द्र खनालको सहयोगमा मास्क वितरण गरिएको हो । कोभिड १९ को जोखिमलाइ न्युनिकरण गर्ने र मास्क लगाउने बानीको विकास गर्ने उदेश्यले मास्क वितरण गरिएको खनालले बताए । विजुवार मित्रमणि चोक देखि भौकासम्म मास्क नलगाई हिडन् पैदल यात्रु तथा विभिन्न सवारी साधनका यात्रुहरुलाई पाँच सय थान मास्क वितरण गरिएको खनालले जानकारी दिए । 
जिल्लामा पछिल्लो समय ‘तपाईको मास्क खै’ अभियानले निकै तिव्रता पाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीले बताए । विभिन्न संघ सस्थाहरु समन्वय गरी जिल्लाका बजारी क्षेत्रहरुमा मास्क ‘तपाईको मास्क खै कार्यक्रम’ सञ्चालन गरेको डिएसपी कार्कीले बताए । ‘ अभियान सञ्चालन भएपछि मास्कको महत्व बारे नागरिकहरु जानकार भएका छन्’ डिएसपी कार्कीले भने–‘ मास्क प्रयोग पनि बढ्दो क्रममा छ ।’ अभियान सञ्चालन नहुंदा मास्क नलगाई हिडने मासिनहरु अहिले बजारमा मास्क नलगाई हिड्नेको संख्या न्यून देखिएको छ । कोरोना भाइरसबाट जोगिनका लागि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने उनले बताए ।
मगंलबार देखि मास्क नलगाइ हिड्ने व्यक्तिहरुलाई जरीवाना अभियान सुरु गरेको बताउदैं संक्रामक ऐन २०२० दफा ३ ले तोके अनुसार जरिवाना गरिने उनको भनाई छ । आज मात्रै बाग्दुला क्षेत्रमा ६० जना कारवाहीमा परेको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
मास्क नलगाएका यात्रु गाडी चढ्न नपाउने
प्यूठानमा मास्क नलगाएका यात्रुहरु गाडी चढ्न नपाउने भएका छन् । दैनिक बढ्दो रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मास्क नलगाएका जो कोही यात्रुलाई गाडि चढ्न नदिने निर्देशन दिएका छन् । प्यूठान नगरपालिका ४ विजुवारमा ‘तपाईको मास्क खै’ अभियान सहभागी प्रजिअ भुसालले सडकमा चलिरहेका गाडिहरुलाई रोकेर चालक र यात्रुहरुले अनिवार्य मास्कको प्रयोग गर्न निर्देशन दिएका हुन । दैनिक रुपमा संक्रमित बढ्दै गएको कोरोना भाइरस रोकथामको लागि आ–आफ्नो ठाउँबाट सबैले सहयोग गर्नु पर्ने उनले बताए । 
प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तरगत तपाईका मास्क खै अभियान प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, शसस्त्र प्रहरी बल आश्रत विजुवार गुल्मका डिएसपी प्रमुख योज्ञ बहादुर बस्नेत, राष्ट्रिय अनुसन्धान आयोग प्यूठानका डिएसपी करम कोइराला, इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी युनिट, स्थानीयवासी लगायतको सहभागीतामा अभियान सञ्चालन गरिएको थियो ।
कमेन्ट गर्नुहोस !