
प्युठान, २ भदौ ।
प्युठानमा आज राती १२ बजेदेखी पूर्ण रुपमा सार्वजनिक तथा नीजि यातायात बन्द गर्ने निर्णय भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सार्वजनिक तथा नीजि सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढिरहेको अवस्थामा संक्रमण दर बढी भएका जिल्लाका व्यक्तिहरुको आवातजावत प्युठानमा बढी हुन थालेपछि यातायात बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय प्युठानका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए । उनले भने,–‘अत्यावश्यक बाहेक अन्य सवारीसाधन पूर्ण रुपमा बन्द हुनेछन् ।’ चाडपर्वको समयमा व्यक्तिको आवतजावत बढी हुने भएकाले भदौ १५ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरिएको उनको भनाई छ ।
कमेन्ट गर्नुहोस !