
झईन्द्र भण्डारी
प्यूठान, ३० साउन ।
गत साउन २४ गते शनिवार साइकलसङ्गै माडीखोलामा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ प्यूठान सोत्रेका ११ वर्षीय सञ्जोक पार्धे र १० वर्षीय विपिन गौतम अहोरात्र खटेर खोजी कार्य गर्दा पनि फेला परेनन । वर्षाको समयमा उर्लेर आएको नदिको भेलको कारण नै बालकहरू फेला पार्न नसकिएको खोजी कार्यमा संलग्न स्थानीय , आफन्त तथा प्रहरीहरूले जनाएका छन । घर नजिकैको मोटरबाटोमा साइकल चलाउदै गर्दा सोत्रे ढिक (गोतामे टोल ढिक) बाट करिब १०० मिटर भन्दा बढी उचाईबाट माडी नदिमा खसेर बेपत्ता भएका बालकहरूको खोजी कार्यका लागि परम्परा मुल्य र मान्यतका कार्यहरू पनि चौतर्फी गरिएको भएपनी भेटाउन नसकिएको भन्दै आफन्तहरूले दुख व्यक्त गरेका छन ।
निरन्तर ५ दिनसम्म खोजिकार्य गर्दा पनि न त सास न त लास भेटीए पछि त्यस्तो उर्लेको खोलामा त्यति माथी ढिकबाट खसेको हुनाले मृत्यु भएको निश्चित गरि हिन्दु परम्परा र मान्यता अनुसार कुशको शव बनाई घर नजिकै माडिखोलाको घाटमा दुवै बालकरूपी कुशको अन्त्येष्टि गरिएको छ ।
सकेसम्म सास नभए लास भेटाउने प्रयास गरेका आफन्तीले केही पनि नभेटीदा अभिभावकलाई सम्हाल्न निकै कठिन भएकोमा बताएका छन । लास भए पनि भेटीएको भए सम्हाल्ने आधार हुने थियो भन्दै अभिभावकको स्थिति निकै दर्दनाक भएको बताए । दुवै परिवारका सन्तानका रूपमा एक छोरा र एक छोरी थिए । दुवै परिवारले सन्तानका रूपमा भएका एक र एक छोरा गुमाएका छन ।
कमेन्ट गर्नुहोस !