शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

समयमै व्यवसाय नविकरण गर्न घरेलुको आग्रह


राधिका भुसाल
प्यूठान । घरेलु तथा साना उद्योग कार्यलयमा दर्ता भएका प्यूठानका सम्पूर्ण उद्योगी व्यवसायीलाई समयसिमाभित्र संस्था नविकरण गर्न अनुरोध गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय खलंगाले एक सुचना प्रकाशित गरी नविकरण गर्न छुटेका जिल्लाका सबै उद्यागी, ब्यवसायी तथा प्राइभेट फर्म संचालकलाई साउन मसान्त यथाशिघ्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
प्राइभेट फर्म दर्ता ऐन २०७६ र सो को नियमावली, २०७६ बमोजिम एक पटकका लागि नविकरण गर्नसक्ने व्यवस्था भएकोले .तोकिएको मिति भित्र फर्म नविकरणका गर्न आग्रह गरेको छ । सोही ऐन अनुसार कार्यलयले सूचना प्रकाशन गरेको हो । तोकिएको समयसिमा भित्र ब्यावसाय नविकरण नभएमा पछि नविकरण गर्न नसकिने उद्योग अधिकृत खेम बहादुर थापाले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top